२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार दोहोरो अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । अघिल्लो साता वृद्धि भएको बजार यस साता कारोवारको पहिलो दिनमै दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ६२ बिन्दुले घटेर एक हजार २०४ दशमलव ५४ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ बिन्दुले घटेर २५६ बिन्दुमा झरेको छ ।

स्टकका अनुसार आज कूल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयर रु ४५ करोड ४२ लाख ८४ हजार ३९३ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ । होटल २० दशमलव ७९, निर्जीवन बीमा २९ दशमलव ८१ र उत्पादन २ दशमलव ३२ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ६ दशमलव ४८, व्यापार २ दशमलव ९६, विकास बैंक ६ दशमलव शून्य दुई, जलविद्युत् ३ दशमलव ३६, वित्त २ दशमलव १५, अन्य ३३ दशमलव ४४, लघुवित्त ४ दशमलव ६२ र जीवन बीमा ५२ दशमलव ३३ बिन्दुले घटेका छन् ।

घटेको बजारमा मल्टिपर्पोज फाइनान्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष, खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले कमाएका छन् । यस्तै कावेली विकास बैंक, नेपाल दूरसञ्चार कम्पनी, रैराङ हाइड्रो पािवर कम्पनी, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल बङ्गलादेश बैंकका शेयरधनीले आज गुमाएका छन् ।