३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार दोहोरो अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । अघिल्लो साता वृद्धि भएको बजार यस साता कारोवारको पहिलो दिनमै दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ६२ बिन्दुले घटेर एक हजार २०४ दशमलव ५४ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ बिन्दुले घटेर २५६ बिन्दुमा झरेको छ ।

स्टकका अनुसार आज कूल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयर रु ४५ करोड ४२ लाख ८४ हजार ३९३ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ । होटल २० दशमलव ७९, निर्जीवन बीमा २९ दशमलव ८१ र उत्पादन २ दशमलव ३२ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ६ दशमलव ४८, व्यापार २ दशमलव ९६, विकास बैंक ६ दशमलव शून्य दुई, जलविद्युत् ३ दशमलव ३६, वित्त २ दशमलव १५, अन्य ३३ दशमलव ४४, लघुवित्त ४ दशमलव ६२ र जीवन बीमा ५२ दशमलव ३३ बिन्दुले घटेका छन् ।

घटेको बजारमा मल्टिपर्पोज फाइनान्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष, खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले कमाएका छन् । यस्तै कावेली विकास बैंक, नेपाल दूरसञ्चार कम्पनी, रैराङ हाइड्रो पािवर कम्पनी, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल बङ्गलादेश बैंकका शेयरधनीले आज गुमाएका छन् ।