३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली चढेको विद्युतीय बस गुणस्तरहीन, बसको पाङ्ग्राका नटहरूमा लागे खिया



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले टेन्डर आहवान गरी चीनबाट खरिद गरेको भनिएका बस चीनबाट खरिद नै नगरेको पाइएको छ । सरकारले किनेको पाँचवटा विद्युतीय चीनमा नभइ भारतमा बनेको पाइएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बीवाईडी साइमेक्सबीच भएको टेन्डर सम्झौतामा २ करोड रुपैयाँमा ती बस लुम्बिनी विकास कोषका लागि खरिद गरेको थियो ।

नेपाल भित्र्याउदा ति बस वीरगन्ज भन्सारमा भारतमा उत्पादन भनेर भन्सार तिरेको समेत पाइएको हो । पर्यटन मन्त्रालयद्वारा मेकानिकल इन्जिनियर (उपसचिव) दीपक देवकोटाको संयोजकत्वमा गठित प्राविधिक समितिले चेक जाँच गर्दा पनि पाँचै बसका पार्टपुर्जा छिमेकी राष्ट्र भारतमा बनेको पाइएको हो ।

मन्त्रालय र आपूर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सबीच भएको टेन्डर सम्झौतामा चीनमा बनेका गुणस्तरीय बस किन्ने सम्झैता भउको थियो । तर सम्झैता बिपरीत चलाउन नै नमिल्ने बस खरिद गरेको भेटिएको छ ।

समितिले बनाएको प्रतिवेदनमा ती बस गुणस्तरहीन र सार्वजनिक यातायातका लागि चलाउन अयोग्य रहेको रहेको छ ।

समितिको अध्ययन प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले ती बस तत्काल फिर्ता गरी टेन्डर सम्झौताअनुसार चीनमा निर्मित गुणस्तरीय बस ल्याउन निर्देशन दिएको छ । मन्त्रालयले ती बसको भुक्तानीसमेत रोकेको छ ।

प्राविधिकले स्पेसिफिकेसन अनुसारका बस आए–नआएको अध्ययन गर्नुअगावै हतारमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए । लुम्बिनी क्षेत्रमा चलाउन ल्याइएका ती बस परीक्षणका लागि काठमाडौंमा चलाउन प्रधानमन्त्री ओली स्वयंले साझा यातायातलाई हस्तान्तरण गरेका थिए । उद्घाटन क्रममा ओली ती बस चढेर सिंहदरबार गएका थिए ।

गाडीको स्पिड मिटरले तथ्यगत रूपमा सही सूचना नदिने र बसको पाङ्ग्राका नटहरू सबैजसो खिया लागेको अवस्थामा फेला परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।