७ पुष २०८२, सोमबार
,
Latest
अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार क्यापिटलमाथि बाेर्डले गर्याे कारबाही



अ+ अ-

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीअनुसार काम नगरेको भन्दै विभिन्न चार क्यापिटललाई कारबाहीस्वरुप जरिवाना गरेको छ ।

बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार बोर्डले स्थलगत निरीक्षणका क्रममा व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा भए पनि ती क्यापिटलले अधिक लगानी गरेको पाइएकाले कारवाहीस्वरुप जरिवाना गरिएको हो ।

लगानीको क्षेत्र अनुसारको सीमाभन्दा अधिक हुने गरी लगानी गरी धितोपत्रसम्बन्धी ऐनको व्यवस्था उल्लङ्घन गरेकाले जरिवाना गरिएको बोर्डको भनाइ छ ।

प्रवक्ता गिरीका अनुसार एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, सिबीआईएल क्यापिटल लिमिटेडलाई रु ३५ हजार र एनआईसी एशिया क्यापिटललाई रु २५ हजार जरिवाना गरिएको छ ।

[googlepdf url=”http://newspolar.com/wp-content/uploads/2018/12/sebon-punishes-capitals.pdf” width=”100%” height=”600″]