१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आत्मा छोएर, बचनबद्ध भएर काम गर्नेर्छु’ : राणा



अ+ अ-

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूमाथि परेका उजुरी र सांसदहरुले गरेका प्रश्नको जवाफ दिएका छन् ।

आइतबार कर्मचारीहरुको आन्दोलनले प्रभावित बैठक आज मङ्गलबार फेरी बसेको थियो ।

आज राणले संविधानको प्रस्तावनामा उल्लेख स्वतन्त्र न्यायापालिकाको भावनाअनुसार आफुले न्यायलय सुधारको कार्ययोजना निर्माण गरेर प्रस्तुत गरेको भन्दै न्यायलयबारे सञ्चारमाध्यमा धेरै गुनासा आएको, सेवाग्राहीको न्यायप्रतिको आस्था मर्न नदिने बताए ।

‘आत्मा छोएर, बचनबद्ध भएर काम गर्नेर्छु’ राणाले भने, ‘अदालत सधै विधिशास्त्रीय मान्यता र कानुनी प्रकृया अनुसार नै काम गरिरहेको छ । अब पनि गर्छु।’

राणले सरकारले सरु गरेको विकासका काममा अदालतले कहिल्यै अवरोध नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाएका छन् । उनले अबको न्यायलय गौरवमय न्यायलयका रुपमा हेर्न पाउने समेत दावी गरे ।

उनले आफ्नो कार्यकालमा न्यायालय सुधारेरै छोड्ने दाबी गर्दै आफ्नो अनुहारमा आफैले कोपरेर नचिनिने गरी नजाने प्रतिबद्धतासमेत जनाए ।