१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

२८ औं प्रधानन्यायधिसको रुपमा आज जबराले शपथ लिनुहुँदै

२८ औं प्रधानन्यायधिसको रुपमा आज जबराले शपथ लिनुहुँदै
अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन भएको छ । प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेपछि शमशेर प्रधानन्यायाधीश बन्नुभएको हो ।

समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशमा जबराको नाम अनुमोदन गरेको हो । यस अघि दीपकराज जोशीलाई अस्वीकृत गरेको संसदीय सुनुवाई समितिले जबरालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको बताउनुभयो । यस अघि आइतबार पनि प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ भएको थियो ।बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ जबराले दिनुभएको थियो ।
सांसदहरूले बिगतमा गरेको फैसलामा आधारित प्रश्नमा जबराले कानुन बमोजिम गरेको र कानुन बाहिर गएर कुनै पनि काम नगरेको जिकिर गर्नुभएको थियो ।

अदालत र पदको गरिमा राख्ने प्रतिबद्धता

उहाँले प्रधानन्यायाधीशका रुपमा अदालत र पदको गरिमालाई जोगाइ राख्ने प्रतिबद्धता ब्यक्त गर्नुभयोे । प्रधानन्यायाधीशमा नियुक्त जबराले आफू न्यायालयको मुहारमा कालो पोतेर आफ्नो अनुहार हातले कोतरेर रक्ताम्य पार्दै बाहिरिने मनशायमा नरहेको दावी गर्नुभयो । उहांले समितससमक्ष प्रस्तुत गरेको कार्यायोजना लागू गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सांसदहरुको प्रश्नको जवाफमा जबराले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्नो मर्यादामा कानुन अनुसार चल्नुपर्ने र एकले अर्काको कार्यक्षेत्रमा हस्तक्षेप गरे असहजता आउने बताउनुभयो । आफू प्रधानन्यायाधीश भएपछि सरकारले कानुन अनुसार गर्ने विकासका काममा न्यायालयबाट बाधा हुने फैसला हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । राणाले उमेरहदका कारण २०७९ पुस १७ गते अनिर्वाय अवकाश पाउनुहुने भएको छ ।

प्रधानन्यायाधीशमा नियुक्त जबराले आज बुधबार सपथ लिनुहुने भएको छ । आज विहान १० बजे उहाँको सपथ ग्रहण हुने बताइएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको उमेर हदका कारण बुधबारबाट बिदा हुनुहुने भएको छ ।

को हुन् जबरा रु
२०१४ साल मंसिर २८ गते काठमाडौंमा जन्मिनुभएका जवरा वीर शमशेरका पनाति हुनुहुन्छ । वीर शमशेरका छोरा इन्द्र शमशेर र उहाँका छोरा युवराज शमशेरका छोरा जवरा संसदीय सुनुवाइ समितिबाट स्वीकृत हुनुभएको हो । राणा परिवारबाट त्रिलोकप्रताप राणापछि प्रधानन्यायाधीश हुन पाउने भाग्यशाली ब्यक्ति हुनुहुन्छ जबरा ।

वकालत गर्दागर्दै जवरा २०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त हुनुभएको थियो । लामो समय अस्थायी न्यायाधीशमै कार्यरत उहाँ स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य पनि हुनुभएको थियो । विशेष अदालतमा रहँदा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका भ्रष्टाचार मुद्दा हेर्ने अबसर पनि पाउनुभएको थियो। जबरा विराटनगर हुँदा एउटा जुवाको मुद्दामा फैसला गर्दा विवादमा तानिनुभएको थियो ।

२०५८ साउन ११ गते ‘म्यारिज’ खेलेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई सफाइ दिन ‘म्यारिज’लाई जुवा होइन भनी फैसला गरेपछि उहाँ विवादमा तानिनु भएको थियो । तर, उक्त फैसला सर्वोच्चले २०६३ माघ १ गते उल्ट्याइदिएको थियो । समाचार नेपाल समाचारपत्रमा छ ।