४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा विद्रोही समूहबीच झडप, १९ को मृत्यु



अ+ अ-

 


बेरुत । उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् ।

सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल–जिन्कीबीच झडप भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

सो झडपका क्रममा आफ्ना पाँच लडाकू मारिएको एचटीएसले सोमबार पुष्टि गरेको छ । त्यसैगरी एचटीएसले सिरियाको उत्तरपश्चिम प्रान्त इदलिबमा विद्रोहीको अखाडा लक्षित भीषण आक्रमण सुरु गरिसकेको पनि बताएको छ ।

बेलायतसँग आवद्ध अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानका अनुसार १२ जना एचटीएस र पाँच जिन्की समूहका सदस्य मारिएका छन् । साथै यस झडपमा परी दुई जना सर्वसाधारण समेत मारिएका अब्जरभेटरीका प्रमुख रहमानमा बताउनुभएको छ । यस झडपमा अन्य ३५ जना घाइते भएको उहाँले बताउनुभएको छ ।

नुरेद्दिन अल–जिन्की विद्रोही समूह नेसनल लिबरेसन फ्रन्ट (एनएलएफ) को मुख्य खेलाडीको रुपमा रहेको छ । एनएलएफ टर्की आवद्ध विद्रोहीको संयुक्त गठबन्धन हो । एचटीएसले र अन्य जिहादी समूहले इदलिब प्रान्तको आधा भन्दा बढी इलाकामा प्रभुत्व जमाएको छ ।

सिरियाका सन् २०११ को मार्च महिनामा सिरियाका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

सो युद्धमा हजारौंको सङ्ख्यामा जिहादी र विदेशी शक्तिको सहभागिता रहँदै गयो । सन् २०११ देखि हालसम्म जारी यस युद्धमा ३ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । त्यसगरी यस आन्दोलनको क्रममा सिरियाभित्रै र छिमेकी देशमा दशौं लाख व्यक्ति शरणार्थी बन्न बाध्य भएका छन् ।

रासस