• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही ★   देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन: सांसद सापकोटा ★   ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी ★   ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव ! ★   नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ ★   काँग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन: सांसद गिरी

जापानले पठायो श्रम समझदारीको मस्यौदा, प्राविधिक टोली २५ गते आउँदै



काठमाडौं । जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कामदारका स्रोतको निम्ति नेपाललाई पनि मुख्य साझेदार देश बनाई छनोट गरेको छ ।

जापान सरकारले यस क्रममा कामदार भर्ति र आपूर्तिबारेमा अवधाराणा पत्र नेपाल पठाएको छ । जापान सरकारले नेपाललाइ कामदारको प्रस्तावित मस्यौदा पठाएको र उक्त मस्यौदामाथि नेपाली पक्षले अध्ययन सुरु गरेपछि नेपालबाट कामदार पठाउने बाटो खुल्ला हुनेछ । कुन मोडलबाट, कस्ता कामदार, कुन प्रक्रियाबाट लैजाने भन्ने गरी जापानले पठाएको अवधारणामाथि नेपालले केही समयपछि बस्ने दुई देशीय श्रम अधिकारीको बैठकमा नेपालले आफ्नो धारणा राख्नेछ ।

प्राप्त मस्यौदालाई अन्तिम रुप दिन जनवरीको तेस्रो साता जापानी श्रम अधिकारीको प्राविधिक टोली काठमाडौं आउने कार्यक्रम रहेको श्रम मन्त्रालयले जनाएको छ । सरकारले नेपाली कामदारको हित,मासिक ज्याला र सुरक्षालाई केन्द्रमा राखेर सरकारी तवरबाटै कामदार पठाउने वातावरण निर्माण गर्न योजना बनाएको छ ।

जापान सरकारले विदेशी कामदार भित्र्याउने उद्देश्यसहित नीतिगत प्याकेजको घोषणा गरेको हो । यसअन्तर्गत देशभर एक सय वटा रोजगार परामर्श केन्द्र खोलिने छ, जसले नेपाली सहित ११ बिभिन्न भाषामा सहायता प्रदान गर्ने दुबै देशका कूटनितिज्ञहरुले जानकारी दिएको छ।

नेपालसँगै जापन सरकारले कामदारको रुपमा चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट श्रमिक लैजाने योजना बनाउको हो ।

कामदार आपूर्ति र अन्य विषयमा छलफल गर्न जापानका परराष्ट्रमन्त्री पुस २५ गते नेपाल आउने तय भएको छ । नेपाली पक्षसँग छलफल गरेर कहिलेदेखी कामदार लैजाने भन्ने अन्तिम टुङ्गो लागेपछि रोजगारका लागि जापनको ढोका खोलिने छ ।