२१ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले नक्कली सुनको मुर्ति देखाई ठगी गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा न.पा–०७ घर भएका दिनेश न्यौपानेलाई नक्कली सुनको मुर्ति देखाई तिस लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित पाँच जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत उडिशा राज्य केन्द्रवडा घर भई हाल कमलपोखरी बस्ने वर्ष ४० को कलाकार दास, म्याग्दि घर भई हाल धोबीघाट बस्ने वर्ष ६४ को क्षेत्र बहादुर शाही, धादिङ घर भई डल्लु बस्ने वर्ष ३८ को दिपक थापा, दाङ घर भई हाल लाजिम्पाट बस्ने वर्ष ३५ को बसन्त चौधरी र कामनपा १५ चौमती घर भएका वर्ष ५५ को रविन महर्जन रहेका छन् ।

ठगी गरेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग काडाँघारीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानहरुबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट नक्कली सुनको बुद्धको मुर्ति (एक थान) र चौध लाख नगद बरामत गरेको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।