१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायाेजन



अ+ अ-

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुस १७ गते मध्यरातिदेखि लागू हुनेगरी घटाएको छ ।  नेपाल आयल निगमले तोकेको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १०८ र डिजल/मट्टिलेल प्रतिलिटर ९५ रुपैँया पर्नेछ ।

बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलमा, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ स्वचालित मूल्य प्रणालीद्धारा मूल्य घटाई समायोजन गरिएको निगमले जनाएको छ । अन्य पदार्थहरुको मूल्य भने यथावत राखिएको  निगमले जनाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर ११० रुपैयाँ र डिजेल/मट्टिलेल प्रतिलिटर ९७ रुपैयाँमा कारोबार भइरहेको थियो । निगमले पुस ३ गते पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

यस बीचमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा फर्मुला बमोजिम पेट्रोल र डिजेलरमट्टितेलको मूल्य घटाईएको निगमले बताएको छ ।