७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायाेजन



अ+ अ-

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुस १७ गते मध्यरातिदेखि लागू हुनेगरी घटाएको छ ।  नेपाल आयल निगमले तोकेको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १०८ र डिजल/मट्टिलेल प्रतिलिटर ९५ रुपैँया पर्नेछ ।

बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलमा, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ स्वचालित मूल्य प्रणालीद्धारा मूल्य घटाई समायोजन गरिएको निगमले जनाएको छ । अन्य पदार्थहरुको मूल्य भने यथावत राखिएको  निगमले जनाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर ११० रुपैयाँ र डिजेल/मट्टिलेल प्रतिलिटर ९७ रुपैयाँमा कारोबार भइरहेको थियो । निगमले पुस ३ गते पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

यस बीचमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा फर्मुला बमोजिम पेट्रोल र डिजेलरमट्टितेलको मूल्य घटाईएको निगमले बताएको छ ।