• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित

एभरेष्ट तेक्वान्दाेकाे उपाधि नेपाली सेनाले हात पार्याे



काठमाडाैं – प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधी नेपाली सेना हात पारेको छ ।

शुक्रबार ललितपुरमा सम्पन्न खेलमा सेनाले १९ स्वर्ण १८ रजत र १० कास्य पदक सहित पहिलो भएको हो ।

उपाधिसँगै नेपाली सेनाले १ लाख रुपैया , ट्रफि र मेडल प्राप्त गरेको छ । त्यस्तै १८ स्वर्ण ५ रजत र ७ कास्य सहित सितापाईला डोजाङ द्धितिय भएको छ भने ५ स्वर्ण र ४ रजत सहित टिम कोटेश्वर तृतीय भएको छ ।

द्वितीय र तृतीय टिमले क्रमश ५० र २५ हजार सहित ट्रफि र मेडल प्राप्त प्राप्त गरे । प्रतियोगितामा बेष्ट प्लेयर पुरुषतर्फ बाराका सुदीप नेपाली र महिलातर्फ कोटेश्वरका सुस्मीता तामाङले हात पारिन् । उनीहरुले जनही १०–१० हजार रुपैया प्राप्त गरे । त्यस्तै बेष्ट रेफ्री सुरेन्द्र खड्की घोषित भए । उनले पनि रु १० हजार प्राप्त गरे ।

प्रतियोगिताको अनुशासित टिमको उपाधि मारिया मोन्टेश्वरी बुटवले हात पार्यो । प्रतियोगितामा एक हजार २०२ जना खेलाडी सहभागी थिए । प्रतियोगिता एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाको आयोजनामा भएको थियो ।