३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

मह उत्पादन बढेसंँगै किसानको आम्दानी बढ्या

मह उत्पादन बढेसंँगै किसानको आम्दानी बढ्या
अ+ अ-

जाजरकोट: मौरीपालन व्यावसाय विस्तारसँगै जाजरकोट नलगाडका किसानको आर्थिक अवस्थास्थितिमा सुधार हुन थालेको छ । नलगाड नगरपालिकाको डाँडागाउँ, लह, खगेनकोटलगायत क्षेत्रमा व्यावसायिकरूपले मह उत्पादन हुने गरेको हो ।

उक्त नगरपालिकाले मौरीपालक किसानलाई सहयोग उपलब्ध गराएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतले मह उत्पादन बढेको किसानले बताएका छन् । वन विनास तथा अतिक्रमण, जलवायु परिवर्तन, चरण क्षेत्र अभाव र समयमा चिउरी नफुलेका कारण गत वर्ष मह उत्पादन घटेको थियो । यस वर्ष भने महको उत्पादन बढेको नलगाड कृषि शाखा प्रमुख महेशकुमार विष्टले बताउनुभयो । गत वर्ष नलगाडमा मात्रै आठ हजार किलोग्राम मह उत्पादन भएको उहाँको भनाइ थियो ।

गत वर्ष जाजरकोटमा २० मेट्रिक टन मह उत्पादन भएको थियो । यहाँका २५० भन्दा बढी मौरीपालक किसान मह उत्पादन बढेसँगै आम्दानी वृद्धि भएपछि खुशी भएको डाँडागाउँका लेखबहादुर खड्काले बताउनुभयो ।

प्राङ्गारिक महका लागि सबैभन्दा उत्तम आहारा चिउरी हो । माग धेरै भएका कारण महको मूल्य पनि आकाशिएको छ । विगतमा प्रतिकिलो ५०० पर्ने मह अहिले ७०० पुगेको किसानले बताएका छन् । डाँडागाउँका रणबहादुर खत्रीले भन्नुभयो, “महको माग बढी छ, मह उत्पादन घट्नुभन्दा पनि मौरी जोगाउनै समस्या छ ।” मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको नलगाड–२ कलपतका मौरीपालक किसानलाई नगरपालिकाले सहयोग गरेपछि उनीहरू उत्साहित भएका हुन् । प्राङ्गारिक महको माग बढेकाले अहिले व्यापारी किसानको घरमै मह खरीद गर्न पुग्ने गरेका छन् ।

उक्त नगरपालिकाभित्र मह उत्पादन हुने ठाउँमा यातायातको सुविधा भएकाले किसानलाई व्यापार गर्न सहज भएको छ । शुरुमा परम्परागत घारबाट मह उत्पादन गरेका यहाँका किसान अहिले आधुनिक घारको प्रयोग गरी मौरीपालन व्यावसाय गर्न थालेका छन् ।

उक्त नगरपालिकामा चार हजार मौरीघार छन् भने जिल्लाभर छ हजार घार रहेको बताइएको छ । मौरीपालक किसान अहिले यहाँको चिउरीको रुख संरक्षणमा लागेका छन् । वन मासिँदै जाँदा मौरीपालन व्यवसाय सङ्कटमा पर्ने भन्दै उनीहरुले चिउरी संरक्षणमा लागेका हुन् ।