१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न सरकारको आग्रह बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तै हो भने अवसर फुत्किन सक्छ- प्रचण्ड



अ+ अ-

बुटवल । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अहिलेको हाम्रो दुई तिहाइ बहुमतलाई बडो सतर्क भई काम गर्न र यदि अहिलेकैजस्तो गरी अगाडि बढ्ने हो भने अहिलेका अवसरहरु पनि फुत्किन सक्ने बताएका छन् । उनले भनेका छन्, सरकारमा अभिमान जाग्यो र आफ्ना नैतिक कमजोरी देख्न छोडयो भने हेर्दा हेर्दै प्राप्त अवसरहरु पनि हाम्रै हातबाट फुत्किन सक्ने छ ।
आइतबार बुटवलमा बोल्दै अध्यक्ष दाहालले अहिले सरकारका अगाडि अवसर र चुनौती दुवै रहेकाले नैतिक कमीकमजोरी केलाउँदै अघि बढ्न सुझाए । उनले आत्मआलोचना गरेर अगाडि बढनुपर्ने खाँचो औल्याए । ‘हामीमा अभिमान जाग्यो, घमण्ड आयो, आफना नैतिक कमीकमजोरी देख्न छोडयौं, जनताका आवाजलाई सुन्न छोडयौ भने सजिलै त्यो परिस्थितलाई प्रतिक्रान्तिको शक्तिले उपयोग गर्छ उनको भनाई थियो । स्पष्ट रुपमा नभने पनि वर्तमान सरकारलाई इंगित गर्दै उनले भने, हेर्दाहेर्दै स्थिती हाम्रो हातबाट फुत्कने खतरा रहन्छ, अहिलेको अवस्थामा सुधारको धेरै खाँचो छ ।
दुई तिहाइको कम्युनिस्ट सरकारले जनतालाई परिणाममुखी समृद्धि दिनुपर्ने भन्दै अध्यक्ष दाहालले विश्व समुदायले पनि नेपालमा जनतालाई परिणाममुखी समृद्धि दिएर कम्युनिस्ट आन्दोलनको नयाँ लहर सृजना होला भन्ने ठानेका स्पष्ट गरे । उनले राष्ट्रिय स्वाधिनता, विकास र समृद्धिजस्ता कुरामा परिणाममुखी काम गर्न सकिएन भने त्यसबाट उत्पन्न परिस्थिती दुर्भाग्यपूर्ण पनि हुने खतरा रहेको आँैल्याए ।