१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको दाङको सभापतिमा डाँगी



अ+ अ-

दाङ । नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा शङ्करप्रसाद डाँगी निर्वाचित हुनुभएको छ । 

शनिबार भएको निर्वाचनमा डाँगीले ७७६ र उहाँको निकटतम  प्रतिद्वन्दी भूपबहादुर डाँगीले ५४५ मत  प्राप्त गर्नुभएको थियो । त्यस्तै, जानकीलाल बस्नेतले ४७१ र कमलकिशोर घिमिरेले ३१५ मत प्राप्त गर्नुभएको थियो । प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि सभापति पदका लागि आज आइतबार पुनः निर्वाचन हुने भनिएको भए पनि भूपबहादुर र शङ्करबीच भएको सहमतिपश्चात् शङ्कर जिल्ला सभापति हुनुभएको हो । 
 
भूपेन्द्रबहादुरले शङ्करलाई सभापतिमा समर्थन गरेपछि शङ्करलाई सभापति घोषणा गरिएको जिल्ला निर्वाचन समिति दाङका प्रवक्ता युवराज बस्नेतले जानकारी दिनुभयो ।  तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापतिका रूपमा  निर्वाचित हुनु भएको हो ।  

विसं २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका डाँगी २०५७ सालमा नेविसङ्घ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसक्नुभएको छ ।  विसं २०५९ मा नेविसङ्घको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जोड्न उहाँ सफल  हुनुभएको थियो ।

त्यसैगरी, उपसभापतिमा गिरीराज सुवेदीले ९१३ र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रत्याशीहरु एकराज शर्माले २१०, प्रदीप खड्काले ३४९, बुद्धिप्रकाश चौधरीले ८४१, मिनकेतन चौधरीले ६९४ र यज्ञबहादुर वलीले १२५ मत प्राप्त गरी पराजित हुनुभएको छ । 

त्यस्तै, सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी निर्वाचित हुनुभएको छ । लम्सालले  एक हजार पाँच र योगीले एक हजार १५७ मत प्राप्त गर्नुभएको छ ।  सहसचिव पदमा राजु आचार्यले एक हजार ५२ र सुबोधकुमार डाँगीले एक हजार ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । अन्य पदको भने अहिले मत गणना सुरु भएको छ । 

जिल्लामा पार्टीका दुई हजार एक सय ९२ मतदाता रहेकामा शनिबार भएको मतदानमा दुई हजार एक सय ३८ मत खसेको थियो । रासस