१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई.एम.ई लाइफ इन्स्योरेन्सको बेनी र कुश्मा शाखा बिस्तार



अ+ अ-

काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वतको कुश्मा र म्याग्दीको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ । शाखाको बिस्तारसँगै कम्पनीमा आबद्द सेवाग्राहीलाइ कारोबारमा सहज हुने कम्पनीले जनाएको छ ।

उक्त शाखाहरुको समुदघाटन गर्दै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीम बिस्तार गर्नु कम्पनी मुख्यउद्देश्य रहेको बताएका हुन् ।

उक्त नयाँ शाखासँगै कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखामार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणारक्षावरण लगायतकाबीमा योजनाहरु ल्याएको अर्यालले जनाएका छन् ।

क्रर्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्य, प्रदेशिक प्रमुख तथा सन्बन्धीत शाखाकाप्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।