९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

चाकडीका भरमा सभापति बनाउदा कांग्रेसलाई लाग्यो झट्का, मुख लुकाएर भाग्न बाध्य

चाकडीका भरमा सभापति बनाउदा कांग्रेसलाई लाग्यो झट्का, मुख लुकाएर भाग्न बाध्य
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले संसदको सार्वजनिक लेखा समितिमा उपयुक्त र दक्ष व्यक्तिलाई सभापति बनाउन नसक्दा पहिलो गासमा ढुंगाको सामना गर्नु परेको छ ।

वाइड बडी जहाज खरिद प्रकरणमा लेखा समिति सभापतिका कारण ठाउँ–ठाउँमा चुकेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले चाकडीका भरमा आफ्नो मान्छे भएकै कारण सांसद भरतकुमार शाहलाई लेखा समितिको सभापति बनाएका थिए । सांसद शाह जिल्लाका कार्यकर्ताका लागि उपयुक्त व्यक्ति हुन् । तर, सार्वजनिक लेखा समिति चलाउनका लागि उपयुक्त व्यक्ति होइनन् भन्ने कुरा वाइड बडी जहाज घोटाला प्रकरणले प्रष्ट देखाइदिएको छ ।

सभापति शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको दवाव खेप्न सकेनन् । शाहले मिडियालाई फेस पनि गर्न सकेका छैनन् । सभापति शाह पत्रकार देखेपछि मुख लुकाएर भाग्न बाध्य भएका छन् ।

सभापति शाहले सहि समयमा सहि निर्णय गर्न नसकेका कारण सत्तारुढ दलका नेताहरूले कांग्रेसमाथि औंला उठाएका छन् । शाहका कारण कांग्रेसलाई तनाव बढेको छ । लेखा समितिको सभापतिमा त्यसबेला सांसद डा।मीनेन्द्र रिजालको नाम चर्चामा थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

अर्को गुटको सांसद भनेर सभापति देउवाले डा.रिजाललाई सभापति नदिएर शाहलाई सभापति बनाए । अहिले शाहले कांग्रेसलाई बचाउन सकेका छैनन् । त्यति मात्रै होइन आफू पनि मिडियामा जान डराएका छन् ।

वाइड बडी घोटाला प्रकरण छानविन गर्न कांग्रेसका सांसद राजेन्द्र केसीको संयोजकत्वमा बनाइएको उपसमितिलाई पनि गुमराहमा राखियो । केसीलाई मिडियामा बोल्न दिइएन ।

उपसमितिमा भएका कुराहरू कांग्रेसको तर्फबाट मिडियाबाट बाहिर जान नसक्दा त्यसको जस पर्यटनमन्त्री रविन्द्र अधिकारीहरूले लिएका छन् । कांग्रेसका सांसद डा.रिजालले बरु लेखा समितिको बचाउ गर्दै आएका छन् ।

संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी विमान खरिद गर्दा मन्त्री जीवनबहादुर शाही र अर्का मन्त्री जितेन्द्र देवलाई नैतिक जिम्मेवारी लिनुपर्ने भनेको थियो ।

तर, अन्तिम किस्ता भुक्तानी गरेका बहालवाला मन्त्री बनेका रविन्द्र अधिकारीको रकम भुक्तानीमा बदनियतपूर्वक मिलेमतो गरेको देखिँदा जिम्मेवारीबाट पन्छिन नमिल्ले देखिएकाले प्रचलित कानूनबमोजिम कारवाही गर्नुपर्ने उपसमितिको भनाई थियो ।

उपसमितिले कारबाहीका लागि सिफारिस गरेका अधिकारीलाई लेखासमितिद्धारा संशोधित प्रतिवेदनमा नैतिक जिम्मेवारी रहेकाले कानून बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

उपसमितिले दुई पूर्वमन्त्रीहरूले नैतिक जिम्मेवारी लिनुपर्ने र बहालवाला मन्त्री अधिकारीमाथि बदनियत मिलेमतो शब्द प्रयोग भएकोमा लेखासमितिले तीनै जना मन्त्रीहरूलाई एउटै भाषाको प्रयोग गरी नैतिक जिम्मेवार भएकोले कानूनसम्मत कारबाहीका लागि सिफासि गरेको छ ।

विमान खरिद प्रकरणमा गृहसचिव प्रेमबहादुर राईलाई निलम्बन गरी हदैसम्मको कारबाही गर्न उपसमितिले सिफारिस गरेकोमा लेखासमितिले उनलाई उन्मुक्ति दिएको छ ।

लेखासमितिले सचिव राईको अध्यक्षतामा बसेको तत्कालिन निगमको बैठकले विमान खरिद कार्य अघि बढाउन उपसमिति बनाएको र उक्त उपसमितिले बोलपत्र तयार गर्दा निज उक्त पदमा नरहेको साथै तेस्रो कारणमा बोलपत्रका शर्तहरुबाट भएका अनियमिततामा संलग्न नभएको उल्लेख छ ।

विमान खरिदमा अनियमितता गरेकोमा प्रमुख दोषी रहेको भन्दै पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन गरी तत्काल भ्रष्टचार अभियोगमा छानबिन गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समितिले सिफारिस गरेको छ ।

महालेखाले अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरिरहँदा पनि विमान खरिद प्रक्रिया अघि बढाई अन्तिम किस्ता भुक्तानी गरेकोले सचिव देवकोटालाई समितिले दोषी ठहर गरेको छ । अवकाश प्राप्त गरिसकेका सचिव शंकरप्रसाद अधिकारीलाई पनि भ्रष्टाचारको अभियोगमा थप छानबिन गर्न लेखासमितिले सिफारिस गरेको छ ।