१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मड्रिडद्वारा लेगानेस पराजित, सर्जियो रामोसले पनि गरे गोल



अ+ अ-

काठमाडौं । रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलमा लेगानेसलाई पराजित गरेको छ ।

बुधबार राति मड्रिडले आफ्नै घरेलु मैदानमा भएको पहिलो लेगमा लेगानेसलाई ३–० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा सर्जियो रामोस, लुकास भाजक्वएज र भिनिसियस जुनियरले गोल गरे ।

खेलको ४४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रामोसले रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

खेलको ६८औं मिनेटमा भाजक्वएजले गोल गर्दै रियललाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ७७औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३–० गोलको जित दिलाएका हुन् ।

अन्य खेल……………..

बुधबार राति भएको खेलमा गेटाफेले रियल भलाडोलिडलाई १–० गोलअन्तरले पराजित गर्दा भिल्लारियल र स्पानियोल २–२ गोल तथा अर्को खेलमा गिरोना र एट्लेटिको मड्रिड १–१ गोलको बराबरीमा रोकिएका छन् ।