• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे… ★   महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

तेस्रो मुलुक निकासी हुने नेपाली जडिबुटीमा भारतले लगायाे अ‌ंकुश



काठमाडौं । नेपालबाट भारत तथा तेस्रो मुलुक निकासी हुने जडिबुटीलाई विभिन्न बहाना गर्दै रोक लगाउँदा व्यवसायी मारमा परेका छन्। ट्रान्जिट परमिटका कारण अनेकाैँ झमेला थोपर्दै आएको भारतले पछिल्लो समय ‘सूचीकृत’ भन्दा अन्य जडिबुटी निर्यातमा राेक लगाएको हो। एक महिनायता रूपैडियाको भारतीय कस्टमले सूचीकृतभन्दा अन्य जडिबुटी भारत लैजान रोक लगाएपछि ठूलो परिमाणमा नेपाली जडिबुटी गोदाममा थन्किएको वयवसायीको गुनासो छ।

जडिबुटीका प्रमुख निर्यातकर्ता नेपाल हर्ब प्रोसेसिङ प्लान्ट उद्योगका सञ्चालक तथा नेपाल जडिबुटी व्यवसायी संघका उपाध्यक्ष शकिल अहमद जसगढले भारतले रूपैडिया नाकाबाट जडिबुटी निकासा गर्दा पहिलेदेखि नै अंकुश लगाउने गरेको बताए। ‘भारतमा सूचीकृत नेपाली जडिबुटीको संख्या मुस्किलले २० वटा छ तर अन्य जडिबुटीको संख्या ५० देखि एक सयसम्म छ’, उनले भने।

सूचीमा नपरेका कुरिलो, चिराइतो, पदमचालजस्ता धेरै जडिबुटी निकासी हुन पाएका छैनन्। सूचीमा परेका जडिबुटी एक महिनादेखि निकासी हुन नपाउँदा नेपालगञ्ज गोदाममै थन्किएर रहेको व्यवसायीको गुनासो छ। अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ।