५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो मुलुक निकासी हुने नेपाली जडिबुटीमा भारतले लगायाे अ‌ंकुश



अ+ अ-

काठमाडौं । नेपालबाट भारत तथा तेस्रो मुलुक निकासी हुने जडिबुटीलाई विभिन्न बहाना गर्दै रोक लगाउँदा व्यवसायी मारमा परेका छन्। ट्रान्जिट परमिटका कारण अनेकाैँ झमेला थोपर्दै आएको भारतले पछिल्लो समय ‘सूचीकृत’ भन्दा अन्य जडिबुटी निर्यातमा राेक लगाएको हो। एक महिनायता रूपैडियाको भारतीय कस्टमले सूचीकृतभन्दा अन्य जडिबुटी भारत लैजान रोक लगाएपछि ठूलो परिमाणमा नेपाली जडिबुटी गोदाममा थन्किएको वयवसायीको गुनासो छ।

जडिबुटीका प्रमुख निर्यातकर्ता नेपाल हर्ब प्रोसेसिङ प्लान्ट उद्योगका सञ्चालक तथा नेपाल जडिबुटी व्यवसायी संघका उपाध्यक्ष शकिल अहमद जसगढले भारतले रूपैडिया नाकाबाट जडिबुटी निकासा गर्दा पहिलेदेखि नै अंकुश लगाउने गरेको बताए। ‘भारतमा सूचीकृत नेपाली जडिबुटीको संख्या मुस्किलले २० वटा छ तर अन्य जडिबुटीको संख्या ५० देखि एक सयसम्म छ’, उनले भने।

सूचीमा नपरेका कुरिलो, चिराइतो, पदमचालजस्ता धेरै जडिबुटी निकासी हुन पाएका छैनन्। सूचीमा परेका जडिबुटी एक महिनादेखि निकासी हुन नपाउँदा नेपालगञ्ज गोदाममै थन्किएर रहेको व्यवसायीको गुनासो छ। अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ।