१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित फुटबलर रोनाल्डो प्रहरीको निगरानीमा, बलात्कार आरोप



अ+ अ-

काठमाडौं ।  चर्चित पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोसँग अमेरिकाको लस भेगास प्रहरीले डीएनए स्याम्पल माग गरेको छ। एक महिलामाथि बलात्कार गरेको आरोप खेपिरहेका रोनाल्डोसँग सोही मुद्धाको अनुशन्धानका क्रममा प्रहरीले डीएनए स्याम्पल मागेको हो।

स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन सिरिए च्याम्पियन युभेन्ट्समा आबद्ध भएका ३३ वर्षीय रोनाल्डोका कानुन ब्यवसायी पिटर एस क्रिस्टिनसेनले पनि लस भेगास प्रहरीले डीएनए स्याम्पल मागेको समाचारको पुष्टि गरेका छन्।

क्याथरिन मायोर्गा नामक महिलाले सन् २००९ मा लस भेगासस्थित एक होटलमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्। रोनाल्डोले भने उक्त आरोपको खण्डन गर्दै आएका छन्। रोनाल्डोले मायोर्गालाई बालात्कार गरेको समाचार सबैभन्दा पहिला एक जर्मन साप्ताहिक पत्रिकाले प्रकाशित गरेको थियो।  समाचार अन्नपूर्ण पोष्टमा छ ।