३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

ठूला व्यवसायीको होटेल मोह

ठूला व्यवसायीको होटेल मोह
अ+ अ-

काठमाडाैः मारवाडी समुदायको सुरुवाती व्यवसाय कपडाको व्यापार थियो । विभिन्न खाद्यान्न उद्योग हुँदै वित्तीय क्षेत्रमा प्रवेश गरेको मारवाडी व्यवसायी सिमेन्ट उद्योगमा पनि राम्रोसँग जम्यो । नयाँ पुस्ताको आगमनसँगै व्यवसाय विस्तारमा जुटिरहेका मारवाडी परिवारको आकर्षण ट्रेडिङसँगै हस्पिटालिटी बिजनेसमा देखिएको छ । अधिकांश मारवाडी परिवार होटेल खोल्ने होडबाजीमा देखिन्छन् । ०४६ पछि उदाएका ठूला व्यवसायी र पुराना नेवार साहुजी पनि होटेल खोल्ने दौडधुपमा छन् । अधिकांश ठूला व्यापारीको पोर्टफोलियोमा होटेल थपिन लागेको छ । नयाँपत्रिकामा नवीन अर्याल र अच्युत पुरीको रिपोर्ट : 


चौधरी समूह विश्वभर फैलाउँदै होटेल साम्राज्य 
हस्पिटालिटी बिजनेसमा सबैभन्दा बढी चम्किएको घराना हो, चौधरी समूह । देशभित्र मात्र होइन, विश्वभर चौधरी समूहका लक्जरी होटेल तथा रिसोर्ट सञ्चालनमा छन् । चौधरीका डेढ दर्जन मुलुकमा एक सय २५ हाराहारीमा होटेल सञ्चालित छन् । अझै दर्जनौँ होटेल धमाधम निर्माण भइरहेका छन् ।

दुई दशकअघि श्रीलंका र माल्दिभ्समा ताज समूहसँग साझेदारी गरेर होटल क्षेत्रमा छिरेको चौधरी समूहले विश्वभर होटेल साम्राज्य फैलाउँदै छ । अहिले नेपालसँगै भारत, श्रीलंका, माल्दिभ्स, चीन, अफ्रिका हुँदै अमेरिकासम्म डेढ दर्जन मुलुकमा चौधरी समूहका होटेल छन् । समूहका अध्यक्ष विनोद चौधरीका माइला छोरा राहुलले होटेल व्यवसाय हेर्छन् । यो समूह नेपालमा भने तीन वर्षअघि मात्र समिट होटेलको स्वामित्व किनेपछि हस्पिटालिटीमा छिरेको हो । नेपालमा समिट, मेघौली सेराई र ताज भिभान्ता होटेल छन् । सन् २०२३ सम्म नेपालमा १५ होटेल पु-याउने राहुल चौधरीले बताए । यो घरानाको सन् २०२० सम्ममा विश्वभर दुई सय होटेल पु-याउने लक्ष्य छ ।

चौधरी समूह कपडाको व्यापारबाट उदाएको हो । यो समूहलाई वाइवाइ चाउचाउले विश्वव्यापी चिनायो । नेपालका एक मात्र अर्बपति विनोद चौधरीको फुड, शिक्षा, फाइनान्स, जलविद्युत्, होटेल, रियल स्टेट, टेलिकम, मोबाइल, इलेक्ट्रोनिक्स, टोबाको, बियर, सिमेन्ट, पूर्वाधार, बेभरेजलगायतमा लगानी छ । 


प्रभाकर राणा
पाँचतारे सोल्टी र सिप्राभ्य होटेल

प्रभाकरशमशेर राणाको व्यावसायिक यात्रा हस्पिटालिटीबाटै सुरु भएको हो । भिनाजु हिमालयविक्रम शाहले सोल्टी होटेल खोल्ने भएपछि प्रभाकर पार्टनर बनेर सोल्टी छिरेका थिए । उनकै नेतृत्वमा सोल्टी होटेल मुलुककै अग्रणी पाँचतारे होटेल बन्यो । उनको सोल्टीमा धेरथोर लगानी छ । व्यावसायिक यात्रा होटेलबाट सुरु भए पनि उनको परिवार अन्य व्यापारबाट चम्किएको हो ।

प्रभाकर परिवारले नेपालमा भारतीय टाटा गाडी बिक्री गर्छ । हाइड्रोपावरमा पनि लगानी गरेका छन् । टाटा गाडी बिक्री गर्ने कम्पनी सिप्रदी ट्रेडिङ व्यापारतर्फ राज्यलाई सबैभन्दा बढी कर बुझाउने कम्पनी हो । उनको पाँचतारे सोल्टी होटेल, सूर्य नेपाल, सिप्रदी ट्रेडिङ, सिप्रदी अटो पार्टस्, सिप्रदी अर्थोमुभर्स, हाइड्रोपावर, ट्राभललगायतमा लगानी छ । सिप्रदी ट्रेडिङको वार्षिक कारोबार ३० अर्बहाराहारी छ । प्रभाकरका छोराहरू पनि व्यापार व्यवसायमै सक्रिय छन् । उनका छोरा सिद्धार्थ राणा व्यक्तिगत आयबाट राज्यलाई सबैभन्दा बढी कर बुझाई सम्मानित भइरहेका छन् । 

प्रभाकरले रविभवनमा पाँचतारे लक्जरी होटेल बनाउँदै छन् । ठूलो लगानी गरेर बनाउन लागेको ‘सिप्राभ्य’ होटेलमा एक सय ६० कोठा हुनेछन् । होटेलमा साढे पाँच अर्ब लगानी हुँदै छ । उनले बर्दियामा ६० बिघा क्षेत्रफलमा लक्जरी भिल्लासहितको रिसोर्ट बनाउँदै छन् ।

एमएस समूह
म्यारियट होटेल

उत्पादनमूलक उद्योगमा जमिरहेको व्यावसायिक घराना एमएस समूह एकैपटक दुईवटा होटेलमा लगानी गरी हस्पिटालिटी बिजनेसमा प्रवेश गरेको छ । ठमेलमा चारतारे फेयरफिल्ड म्यारियट होटेल सञ्चालनमा ल्याइसकेको समूहको नक्सालमा बनिरहेको पाँचतारे म्यारियट होटेल सञ्चालनको अन्तिम तयारीमा छ । एक सय १० कोठा रहेको ठमेलको होटेलमा एक अर्बभन्दा बढी लगानी भएको छ । यस्तै दुई सय २० कोठा रहने नक्सालको होटेलमा तीन अर्बभन्दा बढी लगानी हुँदै छ । दुवै होटेलमा प्रख्यात बहुराष्ट्रिय ब्रान्ड म्यारियटले व्यवस्थापन सम्हाल्दै छ । व्यापार विविधीकरण गर्ने क्रममा होटेलमा हात हालेको बताउँछन्, एमएस समूहका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल ।

शशिकान्त होटेल बिजनेस ग्ल्यामरस भएको बताउँछन् । ‘मैले उद्योगमा लगानी गर्दा कसैले पत्तो पाउँदैन, होटेलमा लगानी गरेपछि सेलेब्रिटीझैँ भएँ,’ उनी आफ्नो अनुभव सुनाउँछन्, ‘होटेलमा लगानी घोषणा गर्नासाथ साथीभाइ, मिडिया आकर्षित भए ।’ नक्सालको होटेल सञ्चालनमा आएपछि भक्तपुरमा लक्जरी रिसोर्ट बनाउने योजना उनले सुनाए । 

उनको परिवार पनि कपडा व्यापारको जगमा खडा भएको हो । ग्रुपको टेक्सटाइल र होजियारी उद्योग पनि थियो । दुवै उद्योग बन्द गरेपछि स्टिल, चिनी र स्पिनिङ उद्योगमा लगानी ग¥यो । अग्रवालका अन्नपूर्ण सुगर मिल, एभरेस्ट सुगर मिल, रिलायन्स स्पिनिङ मिल, बैंक तथा वित्तीय संस्थामा लगानी छ ।

आइएमई समूह
चन्द्रागिरि हिल्स रिसोर्ट 

व्यवसायमा पछिल्लो समय चम्किएको आइएमई समूहले चन्द्रागिरिमा पाँचतारे रिसोर्ट निर्माण गरिरहेको छ । यो रिसोर्टमा भाटभटेनी समूहको पनि लगानी छ । व्यवसायी चन्द्र ढकालको नेतृत्वमा निर्माण भइरहेको रिसोर्टमा सय कोठा हुनेछन् । रिसोर्ट सञ्चालनको अन्तिम तयारीमा छ । चन्द्रागिरि डाँडोमा केवलकार, फनपार्क, होटेल, रेस्टुरेन्टसहितको परियोजनामा झन्डै पाँच अर्ब लगानी पुगिसकेको ढकाल बताउँछन् ।

रेमिट्यान्स व्यवसायबाट उदाएको आइएमई समूह व्यवसाय विविधीकरणमा आक्रामक ढंगले लागेको छ । जागिर छोडेर व्यवसायमा छिरेका चन्द्र ढकालले अढाई दशकमा व्यावसायिक साम्राज्य खडा गरिसकेका छन् । उनकै अगुवाइमा आइएमई समूह खडा भएको हो । आइएमई समूहको रेमिट्यान्स, बैंक, सहकारी, सूचना प्रविधि, ट्राभल, अटोमोबाइल, हाइड्रो, इन्स्योरेन्सलगायतमा लगानी छ । 

एनई समूह
सोल्टी समिट, ताज भिभान्ता

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले नेतृत्व गरेको एनई समूहले होटेलमा लगानी बढाइरहेको छ । एनई समूहको सब्सिडारिटी कम्पनी शिवक्रिमको सोल्टी, समिट र ताज भिभान्ता होटेलमा लगानी छ । एनई समूहले समिट र ताज भिभान्तामा चौधरी समूहसँग साझेदारी गरेको हो । देशका विभिन्न ठाउँमा लक्जरी होटेल चलाउन आफूहरू सक्रिय रहेको श्रेष्ठ बताउँछन् । सोल्टी समूह र शिवक्रिमले संयुक्त रूपमा तारे होटेल म्यानेजमेन्ट कन्ट्र्याक्टमा पनि चलाउने तयारीमा छन् । 

एनई समूहको नेसनल आइसक्रिम इन्डस्ट्रिज, नेसनल इन्भेस्टमेन्ट एन्ड क्यापिटल मार्केट (एनआइसिएम), नेसनल सप इन्डस्ट्री, युनिलिभर, युनाइटेड इन्स्योरेन्स, शिक्षा, ट्राभल, स्टिल, सेन्थेटिक, जलविद्युत्, स्वास्थ्य, हस्पिटालिटीलगायत क्षेत्रमा लगानी छ । 

शंकर समूह
डबल ट्री बाई हिल्टन

नक्सालको भगवती मन्दिरनजिकै भव्य भवन बनिरहेको छ । सो भवनमा पाँचतारे होटेल बन्दै छ । उत्पादनमूलक उद्योगमा जमिरहेको व्यावसायिक घराना शंकर समूह होटेलमार्फत पर्यटन क्षेत्रमा प्रवेश गर्न लागेको हो । होटेलको व्यवस्थापन चर्चित बहुराष्ट्रिय कम्पनी हिल्टनले गर्दै छ । होटेलमा तीन अर्बभन्दा बढी लगानी हुँदै छ । होटेलको भवन दुई तला बेसमेन्टसहित १५ तलाको हुनेछ । होटेलमा एक सय २८ कोठा हुनेछन् ।

शंकर समूहका स्टिल, सिमेन्ट, स्पिनिङ, वुभनस्याक्स (बोरा), चाउचाउ, पाइप–पोललगायत उद्योगमा लगानी छ । जगदम्बा स्टिल मुलुककै सबैभन्दा ठूलो स्टिल उद्योग हो । जगदम्बा स्टिल वार्षिक ३५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन्छ । शंकर समूह ट्रेडिङ बिजनेसमा पनि सक्रिय छ । यो समूहले टिभिएस बाइक बिक्री गर्छ । पछिल्लो समय व्यवसाय विविधीकरण गर्ने क्रममा शंकर समूहले हस्पिटालिटी बिजनेस रोजेको हो ।

शेष घले
सेराटन होटेल 

गैरआवासीय नेपाली शेष घलेले ठूलो लगानी गरेर काठमाडौंको कान्तिपथमा ‘सेराटन काठमाडौं होटेल’ सञ्चालनमा ल्याउँदै छन् । उनको होटेल सुरुमै आठ अर्ब लगानी घोषणा गरेर निर्माण थालिएको थियो । होटेलको भौतिक संरचना धमाधम निर्माण भइरहेको छ । सन् २०२० सम्म होटेल सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ । १४ रोपनी क्षेत्रफलमा फैलिने होटेलमा दुई सय २५ कोठा हुनेछन् । बहुराष्ट्रिय कम्पनी सेराटनले यो होटेलको व्यवस्थापन सम्हाल्दै छ ।

गैरआवासीय नेपालीको तर्फबाट भइरहेको ठूलो लगानीमध्ये सेराटन काठमाडौं होटेल एक हो । अस्ट्रेलियामा धनाढ्यहरूको सूचीमा अटाएका शेष घले मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी अस्ट्रेलियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । उनी सूचना प्रविधिसम्बन्धी जनशक्ति उत्पादन गर्ने क्षेत्रबाटै उदाएका हुन् । उनको रियल स्टेट व्यवसायमा पनि लगानी छ । 

पृथ्वीबहादुर पाँडे
अल्फट काठमाडौं ठमेल

बैंकिङ व्यवसायी पृथ्वीबहादुर पाँडेको नेतृत्वमा ठमेलमा अत्याधुनिक व्यावसायिक कम्प्लेक्ससहित पाँचतारे होटेल सञ्चालनमा आउँदै छ । छाया सेन्टरको औपचारिक उद्घाटन भइसकेको छ । छाया सेन्टरको माथिल्लो भागमा रहने होटेलको धमाधम रङरोगन र डेकेरेसनको काम भइरहेको छ । आगामी सिजनदेखि होटेल सञ्चालनमा आउने पाँडेले बताए । बहुचर्चित होटेल ब्रान्ड स्टारउडको ‘अल्फट’ ब्रान्डबाट होटेल सञ्चालनमा आउँदै छ । होटेलमा एक सय ७५ कोठा रहनेछन् । व्यावसायिक कम्प्लेक्स र होटेलमा गरी झन्डै ५ अर्ब लगानी हुने पाँडेले बताए । छाया सेन्टरलाई ‘मिनी ठमेल’का रूपमा प्रवद्र्धन गरिएको छ । छाया सेन्टरमा होटेलसहित पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, सिनेमा हल, रेस्टुरेन्टल, बैंक्वेटलगायत सुविधा उपलब्ध हुनेछन् ।

छाया सेन्टरका मुख्य लगानीकर्ता पाँडे बैंकिङ, निर्माण, जलविद्युत्, व्यापार, उद्योग, पर्यटनजस्ता क्षेत्रमा सक्रिय छन् । उनी नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष हुन् । उनकै अगुवाइमा हिमालय एयरलाइन्स सुरुवात भएको थियो । हिमालय एयरलाइन्सबाट भने बाहिरिसकेका छन् ।

सिजी होल्डिङ्स
टाइगरल्यान्ड सफारी रिसोर्ट

अटोमोबाइल्स, शिक्षा, रियल स्टेट व्यवसायमा जमिरहेका अरुण चौधरी चितवनमा टाइगरल्यान्ड सफारी रिसोर्टमार्फत हस्पिटालिटी बिजनेसमा प्रवेश गरे । राप्ती किनारमा आठ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा तीन दर्जन कटेज छन् । उनले ललितपुरको झस्सीखेलमा पाँचतारे होटेल सञ्चालन गर्ने घोषणा पनि गरिसकेका छन् । दुई सय कोठा रहने यो होटेलको म्यानेजमेन्ट कन्ट्र्याक्टमा अमेरिकी बहुराष्ट्रिय ब्रान्ड होलिडे इनसँग सम्झौता भइसकेको छ । तेस्रो होटेल त्रिपुरेश्वरमा सञ्चालन गर्दै छन्, जहाँ एक सय २५ कोठा हुनेछन् । बूढानीलकण्ठ हाइटमा ५० कटेज रहने वेलनेस रिट्रिट रिसोर्ट बनाउने उनको योजना छ । पाँचौँ होटेल पोखराको सराङकोटमा खुल्नेछ ।

अरुण चौधरी अर्बपति विनोद चौधरीका भाइ हुन् । उनीहरू छुट्टाछुट्टै व्यवसाय गर्छन् । पुख्र्यौली व्यवसाय पनि भागबन्डा गरिसकेका छन् । अरुण चौधरीको अटोमोबाइल, शिक्षा, रियल स्टेट, उत्पादन, वित्तीय क्षेत्र, रिटेललगायत व्यवसाय छ । दाजु विनोद चौधरीजस्तै उनी पनि व्यवसाय विविधीकरणमा सक्रिय भएर लागिपरेका छन् ।

गोल्यान समूह
हायात प्यालेस

व्यावसायिक घराना गोल्यान ग्रुपले सोल्टीमोडमा पाँचतारे होटेल निर्माण गरिरहेको छ । सन् २०१९ भित्र सञ्चालनमा आइसक्ने होटेल १३ तलाको र एक सय ५६ कोठाको हुनेछ । होटेल तयार भइसक्दा दुई अर्ब ८० करोड रुपैयाँ लगानी हुने गोल्यान ग्रुपकी निर्देशक लतिका गोल्यानले बताइन् । उनका अनुसार यो होटेल अमेरिकन बहुराष्ट्रिय कम्पनी हायात होटेल कर्पोरेसनले व्यवस्थापन गर्नेछ । गोल्यान ग्रुपकी बुहारी लतिका होटेल निर्माणमा प्रत्यक्ष खटिइरहेकी छिन् । यो होटेल सञ्चालनमा आइसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेवैमा अर्को होटेल निर्माण सुरु गरिहाल्ने लतिकाको योजना छ । 

सोहनलाल गोल्यानले सात दशकअघि कपडा, स्टेसनरी, मसलालगायत व्यापार थालेपछि व्यावसायिक यात्रा सुरु भएको थियो । अहिले गोल्यान ग्रुपको दर्जनौँ कम्पनीमा लगानी छ । गोल्यानको पहिलो उद्योग कपडा हो । एसएस समूहसँग मिलेर धागो उद्योग रिलायन्स स्पिनिङ मिलमा लगानी गरेको छ । उत्पादित धागो विभिन्न देशमा निर्यात हुन्छ । रियल स्टेट, बैंकिङ, इन्स्योरेन्स, स्पिनिङ मिल, ट्रिकट इन्डस्ट्रिज, प्लास्टिक, सिन्थेटिक, पस्मिना, हाइड्रो, सोलारपावरलगायतमा लगानी छ ।

सेञ्चुरियन समूह
ह्यारिसन प्यालेस, द सेञ्चुरियत होटेल

सेञ्चुरी मसला धेरै नेपालीको भान्छासम्म पुग्छ । नेपालीमाझ लोकप्रिय सेञ्चुरी मसला उत्पादक मोती दुगड पछिल्लो समय हस्पिटालिटी बिजनेसमा सक्रिय छन् । उनको विराटनगरको तिनपैनीमा चारतारे ह्यारिसन होटेल सञ्चालनमा आइसकेको छ । होटेलमा ५० कोठा छन् । उनैले विराटनगरमै पाँचतारे दी सेञ्चुरियन होटेल बनाइरहेका छन् । नयाँ होटेलमा एक सय २० कोठा रहनेछन् । सपिङ कम्प्लेक्ससहितको पाँचतारे होटेल सञ्चालनको अन्तिम चरणमा रहेको दुगड बताउँछन् । यो होटेलमा झन्डै डेढ अर्ब लगानी हुँदै छ । उद्योगी दुगड राजनीतिमा पनि सक्रिय छन् । उनी एमालेको समानुपातिक कोटाबाट सांसद हुन् । 


गोल्छा र विशाल समूह
द लिफ रिसोर्ट

विशाल र गोल्छा समूहले होटेलमा साझेदारी गर्दै छन् । दुई ठूला घरानाको लगानीमा नगरकोटमा लक्जरी बुटिक रिसोर्ट द लिफ सञ्चालनमा आउन लागेको हो । बुटिक रिसोर्टमार्फत दुवै घरना पहिलोपटक हस्पिटालिटी बिजनेसमा प्रवेश गर्न लागेका हुन् । दिवाकर गोल्छाका छोरा हितश रिसोर्ट निर्माणमा सक्रिय छन् । करिब ७० रोपनी क्षेत्रफलमा फैलिने रिसोर्टमा ३० कोठा रहनेछन् । रिसोर्टमा अर्गानिक फार्मिङ, साइक्लिङ, मेडिटेसन, स्पा, मसाज, हेल्थ क्लबलगायत सुविधा रहेछन् । 

विशाल समूह व्यापार र गोल्छा अर्गनाइजेसन उद्योग र व्यापारमा जमेका घराना हुन् । दुवै घरानाका नयाँ पुस्ताले हस्पिटालिटी बिजनेसमा लगानी गरेका हुन् । विशाल समूहले दारी फाल्ने ब्लेड, आयातीत रेडिमेट खानेकुरादेखि एप्पलका उत्पादन र भक्सवागन कारसम्म बिक्री गर्छ । यसअघि नै विशाल समूहले गोल्छाले चलाएका श्रीराम सुगर मिल र इस्टर्न चिनी मिलमा साझेदारी गरिसकेको छ । गोल्छा घरानाका संस्थापक रामलाल गोल्छाले नेपालमा औद्योगिक सूत्रपात गराएका हुन् । नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्स उनकै सक्रियतामा खुलेको थियो । अहिले रामलालको पनाति पुस्तासम्म बिजनेसमा सक्रिय हुन थालिसकेका छन् । गोल्छा परिवारका तीन दर्जनभन्दा बढी उद्योग तथा व्यापारजन्य कम्पनी छन् । 

अजेयराज सुमार्गी
पाँचतारे होटेल बनाउने घोषणा

पछिल्लो दशकमा उदाएका अजेयराज सुमार्गीले पनि पाँचतारे होटेलमा लगानी गरेर हस्पिटालिटी बिजनेसमा प्रवेश गर्ने घोषणा गरिसकेका छन् । उनले पाँच अर्ब लगानीमा दुई सय २० कोठाको होटेल बनाउने घोषणा गरेका हुन् । विदेशबाट लगानी भित्र्याएर होटेल निर्माण गर्ने तयारीमा रहेका सुमार्गीको पैसा अवैध भएको शंकामा छानबिनसमेत भइरहेको छ ।

बहुराष्ट्रिय ब्रान्ड भित्र्याउँदै

ठूला व्यवसायीले होटेल आफैँ चलाउँदैनन्, होटेल बनाइदिने मात्र हो । उनीहरूले विदेशमा ख्याति कमाएका बहुराष्ट्रिय ब्रान्डलाई होटेल व्यवस्थापनको जिम्मेवारी सुम्पिरहेका छन् । यसले विश्वभर नेटवर्क भएका व्यवस्थापन कम्पनी नेपाल भित्रिन्छन । चौधरी समूहले ताज ग्रुप, एमएस समूहले म्यारियट, शंकर समूहले हिल्टन, शेष घलेले सेराटन, पृथ्वीबहादुर पाँडेले अलफ्ट, अरुण चौधरीले होलिडे इन, गोल्यान समूहले हायातलाई नेपाल भित्र्याउँदै छन् ।