१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, १६ प्रतिशत बोनस पारित



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित १६ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न १२औँ बार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो ।

गरेबमोजिम अब बैंकका सेयरधनीले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर पाउने छन् । बैंकले गत आर्थिक वर्ष २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना सेयरधनीलाई उक्त बोनस दिन लागेको हो ।

उक्त बोनस वितरण पछि बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ नाघेको छ ।

साथै, बैंकले हालसम्म १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त बैंकिङ् सेवा दिँदै आइरहेको छ ।