१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हस्तकला महासङ्घको अध्यक्षमा शाक्य



अ+ अ-

काठमाडौँ : नेपाल हस्तकला महासङ्घको अध्यक्षमा सुरेन्द्रभाइ शाक्य निर्वाचित हुनुभएको छ ।

महासङ्घको आज सम्पन्न ३८औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट शाक्यको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा प्रचण्ड शाक्य, उपाध्यक्ष (वस्तुगत) दीपेन्द्र शाक्य, उपाध्यक्ष (उद्योग) सनम शाक्य, उपाध्यक्ष (वाणिज्य) रवीन्द्र शाक्य, उपाध्यक्ष (व्यक्तिगत) राजमान बज्राचार्य तथा उपाध्यक्ष (एशोसिएट)मा सुनिल शाक्य निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा हिरा भट्टराई, चूँडादेवसिंह लामा, मोहनकृष्ण मानन्धर, सुनिता श्रेष्ठ, सविता महर्जन, विक्रमसिंह महर्जन, राजेन्द्र शाक्य, प्रताप शाक्य, मनमोहनसिंह मल्ल, जीवनरत्न शाक्य, उपेन्द्र बाराही, सुविन शाक्य, प्रदीप शाक्य, सुदन शाक्य र किरणबहादुर खड्गी निर्वाचित हुनुभएको छ ।

महासङ्घको विधान २०६३ अनुसार सम्पन्न निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिएको हो । कूल २५ सदस्यीय कार्यसमिति रहने महासङ्घमा बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।