१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरानको ‘किस’को किस्सा



अ+ अ-

कुनै समय थियो, बलिउड सिनेमामा अधरपानको चर्चा हुँदा मानिसहरूले अभिनेता इमरान हास्मीलाई सम्झिन्थे। हुन पनि हर सिनेमामा उनले नायिकासँग अधरपान गरेकै हुन्थे। उनी अभिनित मर्डरु, राज तथा आशिक बनाया आपनेु जस्ता सिनेमामा उनले दिएका चुम्बन दृश्य दर्शकले बिर्सेका छैनन्।

एकपछि अर्को सिनेमामा उनले दिएका यस्ता दृश्यले उनलाई बलिउडको सिरियल किसरुको उपाधि दिलाइदियो। यो उपाधिलाई उनले सहजरूपमा लिने गरेका थिए, त्यतिबेला। तर हाल इमरानको सोच फेरिएको छ।


हाल पर्दामा अधरपानका दृश्य सहज हुँदै गएको छ तर बलिउड यसमा सहज हुँदै गर्दा इमरानले भने आफू त्यस्ता दृश्यबाट अघाएको बताएका छन्।


आफ्नो आगामी सिनेमा ह्वाइ चिट इन्डियाु सिनेमाको प्रचारका क्रममा रहेका इमरानलाई अधरपानका बारेमा सोधिएपछि आफू त्यसबाट बोरु भएको बताए।


मलाई त्यो पुगिसक्यो। म त्यसलाई छोड्न चाहन्छु, त्यसबाट म बोर भइसके। चुम्बन गर्नु ठीकै छ। मलाई पर्दामा चुम्बन गर्न अझैं केहि आपत्ति छैन् तर त्यसपछि जे हुन्छ त्योबाट म दिक्क भइसकेको छु। सबैले मैले चुम्बन गरेको विषयलाई केन्द्रमा राख्छन् र छ कि छैन भनेर सोध्छन्, इमरानले भने, मेरा निर्माताहरू पनि मेरि चुम्बनको दृश्य राखेर सिनेमा चलाउने भनेर आलोचित भए तर आज त्यो सामान्य भइसकेको छ।

युवाहरू त्यसलाई लिएर सहज छन्। अब यसलाई पुस्तान्तर भन्नुस या अन्य म यस्ता कुरा सुन्न पर्दा कान बन्द गर्छु। म मेरो छोरा ठूलो भएपछि के गर्ला भनेर डराउँछु। यो मेरा लागि सांस्कृतिक झड्का हो।