२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षमा रावलसँग प्रतिस्पर्धा गर्दै ओली



अ+ अ-

चितवन । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार बिहान बन्दसत्रमा अध्यक्ष ओलीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेपछि त्यसमा रावलले असहमति जनाउनु भएको थियो ।

उपाध्यक्षमा बस्न गरिएको प्रस्तावलाई अस्वीकार गर्दै रावलले आफू अध्यक्षमा उम्मेदवारी दिने प्रक्रियामा निकै अघि बढिसकेको जानकारी गराउँदै प्रस्तावित पद प्रति असहमति जनाउनु भएको थियो ।आइतबार दिनभर बन्दसत्र रोकेर सहमतिका  लागि पहल भएपनि अध्यक्ष ओलीको अभियान सफल हुन सकेन । निर्बिरोध अध्यक्ष बन्ने ओलीका प्रयासमा रावलले चुनौती दिनु भएको छ ।

बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले भन्नुभयो, ‘मैले धेरै पटक भीम रावललाई उपाध्यक्षको उम्मेदवार बन्न आग्रह गरें, तर सम्झाउन सकिएन ।’ ओलीको अभिव्यक्ति पछि रावलले भन्नुभयो,  ‘रात गएर बिहान भयो, कमरेडहरु सुत्न पाउनुभएको छैन, लामो बोल्दिनँ । मलाई फर्किन गाह्रो हुन्छ, अध्यक्षमा उम्मेदवारी दिन्छु ।’

रावलले बोलेपछि हलमा होहल्ला भएको थियो । अध्यक्ष ओलीले शान्त रहन आग्रह गर्दै भीम रावल उम्मेदवार हुन्छु नै भन्ने हो भने उठ्न दिनुपर्छ भने पछि रावल बिरुद्धको नाराबाजी रोकिएको थियो ।