८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भारतसँग किन्न लागेको रेल कस्तो ? पढ्नुस्



अ+ अ-

काठमाडौँ । नेपालले भारतसँग ७ डिब्बासहितको रेल खरिद गर्न लागेको छ । नेपालले उक्त रेल भारतको जयनगरदेखि जनकपुरसम्म (३५ कि.मी) सञ्चालन गर्न लागेको हो ।

डिजेलबाट चल्ने उक्त रेल ल्याउनका लागि नेपालले आगामी १५ भित्रमा भारतसँग खरिद सम्झौता गर्ने योजना बनाएको रेल बे बिभागले जनाएको छ ।

रेल चल्दै गर्दा उक्त रेलबाट नै विजुली उत्पादन हुनेछ । रेलमा एकै पटकमा १३ सय जना यात्रु सवार हुन सक्ने छन् ।

७ डिब्बामध्ये दुई वटा डिब्बा इन्जिन जडित हुनेछ भने ५ डिब्बामा यात्रुको सेवामा राखिनेछ ।

अब खरिद प्रकियामा कुनै बिवाद नआए अबको १५ दिनभित्र रेल खरिद सम्झौता हुने गरी रेलको मूल्यका बारेमा छलफल चलाउने बिभागले जनाएको छ । यसकारण अबको १ महिनाभित्र जयनगर–जनकपुरमा नेपालको आफ्नै रेल सञ्चालन हुनेछ ।

आफ्नै स्वामित्वको भएकाले त्यो रेलमा नेपालको झण्डा हुनेछ। नेपाली रेल भएपनि सञ्चालन भने प्राविधिक टोललीको सहयोगमा हुनेछ।

रेलका ड्राइभरदेखि मर्मत गर्ने मिस्त्री तथा इन्जिनियर पनि भारतका नै हुनेछन्। उनीहरुलाई आवस्यक तलब–सुविधा नेपाल सरकारले नै दिनेछ।