२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलेरोको ठक्करबाट चितवनमा दुईको मृत्यु



अ+ अ-

चितवन : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाम्पालकोट–१ घर भएका २३ वर्षीय विवेक खनाल र पछाडि बस्ने पाँचपोखरी थाम्पालकोट–४ बस्ने २१ वर्षीय उदित बस्नेत रहेका छन् । 

प्रहरीका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा६च ३११० नंको बोलेरोले काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०२००३ प ५२१० नंको मोटरसाइकललाई साँझ ५ः२० बजे ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार दुबै जना गम्भीर घाइते भएका थिए । घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा साँझ ६ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक इलाका प्रहरी कार्यालय मुग्लिनमा रहेको प्रहरीले जनाएको छ ।