९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै राशिअनुसार यस्तो छ तपाईको भाग्य र भविष्य

आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै राशिअनुसार यस्तो छ तपाईको भाग्य र भविष्य
अ अ+ अ-

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

तपाईको धेरै शुभ हुने देखिन्छ। व्यवसायमा अनुकूल समय रहन सक्ला। तपाईको स्वास्थ्यमा पनि सुधार देखिनाले दिनभर ताजा महसुस गर्नुहुनेछ। इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको जस लिने मौका मिल्न सक्ला। मित्रजनसंगको सम्बन्धमा सुधार हुने देखिन्छ भने तपाईलाई यात्रा गर्ने मौका पनि मिल्नेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शारीरिक तथा मानसिकरुपबाट तपाई व्यग्रता महसुस गर्नु हुने देखिन्छ भने खर्च पनि बढ्न सक्ला। तपाईले आफ्नो बोलिमा नियन्त्रण राख्नु उचित हुन सक्ला। आशा देखाउनेहरूको भरपर्दा धोका मिल्नेछ। परिश्रम परेको कामबाट पनि भनेको जस्तो प्रतिफल नमिल्दा तपाईमा व्यग्रता रहन सक्ला। कानुनी रुपमा पनि भोलिको दिन तपाईको लागि खासै शुभ देखिँदैन।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने मौका मिल्ने दिनमा धार्मिक कार्यमा पनि व्यस्तता बढ्नेछ। तपाइको यात्राको सम्भावना पनि देखिन्छ। सामाजिक रुपमा पनि दायित्व बढ्नाले आत्मसम्मान बढ्नेछ। आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुने देखिन्छ। वैवाहिक सुखको पनि अनुभूति हुन सक्ला। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न तल्लिन हुनुहुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

तपाईको लागि धेरै फलदायी हुने देखिन्छ। सरकारी रुपमा रहेका समस्या हट्ने देखिन्छ भने कानुनी रुपमा पनि सफलता हार लाग्नेछ। अध्ययनमा पनि सफलता हात लाग्न सक्ला। तर तपाईले बोलीमा भने केहि नियन्त्रण राख्नु होला। घरजग्गा सम्बन्धित कार्यबाट भनेको जस्तै लाभ हुन सक्ला। प्रयत्न गर्दा लक्ष्यमा सजिलै पुगिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तपाईको लागि मध्यम फलदायी सावित हुनेछ। पूर्वनिर्धारित कामको लागि तपाइको विशेष महत्व हुनेछ। सानै कार्य फत्ते गर्नको लागि पनि तपाईले धेरै परिश्रम गर्नुपर्नेछ। धार्मिक प्रवासको समेत योग देखिन्छ।तपाईको सामाजिक सम्बन्ध सामान्य रहने भएता पनि पारिवारिक रुपमा भने सम्बन्ध बिग्रिन सक्ला। क्रोधलाई नियन्त्रण गर्न प्रयास गर्नुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तपाईको लागि खासै शुभ नहुन सक्ला। आफ्नै भनिएकाहरुबाट धोका हुन सक्ने हुँदा सावधानी अपनाउनु बुद्धिमानी सावित हुनेछ। व्यवसाय सम्बन्धित कुनै पनि लेनदेन देखि टाढा रहनु होस्। खानपानमा हुने लापरवाहीको कारण स्वास्थ्यमा समस्या देखा पर्न सक्ला। धन व्यय अधिक हुनेछ। राज्य तथा सरकार विरोधी प्रवृति देखि टाढा रहनु भएकै उचित हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाईको घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्ने दिन परेको छ।तपाईको शरीरले थकान र आलस्य अनुभव गर्नेछ। उच्च अधिकारीहरूसँग ध्यानपूर्वक काम होला। बच्चाहरूको बारेमा चिन्ता बढ्न सक्ला।आवश्यक निर्णय लिन उपयुक्त छैन। व्यापारमा बाधाको सामना पनि हुन सक्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

तपाईको माइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने दिन परेको छ। धार्मिक यात्रामा भने केहि खर्च हुन सक्ला। तर तपाईको हरेक आर्थिक कार्य पनि सफल हुन सक्ला। नौकरीमा उच्च अधिकारीहरू तपाईको काम प्रति धेरैनै खुसि हुनेछन्। जीवन आनन्दित हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तपाईले आफ्नो बोलीमा नियन्त्रण राख्नु पर्ने देखिन्छ भने तपाईले कम मात्रामा रिसाउनको लागि पनि कोसिस गर्नु होला। समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्ला। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन भएता पनि आय भने बढ्ने अवस्था रहेको छैन।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तपाई शारीरिक र मानसिक रुपबाट धेरै प्रसन्नता महसुस गर्नु हुने देखिन्छ । परिवारमा आनन्द र शान्तिको वातावरण हुनेछ भने तपाईको हरेक कार्य सफल भएर जानेछ। काममा मिहिनेतको फल प्राप्त हुन सक्ला। साथीभाइले राम्रै सहयोग दिनेछन्। साथै तपाईलाई अध्ययनमा पनि सफलता मिल्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

शारीरिक प्रफुल्लितता र मानसिक प्रसन्नता अनुभव गर्नु हुने देखिन्छ भने तपाईलाई परिवारबाट पनि भनेको जस्तै सहयोग मिल्न सक्ला। तपाईका मित्रजनको सहयोगको कारण कानुनी सफलता मिल्नेछ। प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय आउन सक्ला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कार्यसफलता र यश कीर्ति प्राप्त हुने दिन परेको छ भने नयाँ कार्य थालनीको लागि पनि दिन धेरै राम्रो रहेको छ। टाढाको यात्राको संयोग पनि रहन सक्ला। परिवारसँग उल्लासपूर्ण समय रहनेछ। तपाईलाई समाजमा सम्मान पनि प्राप्त हुने दिन परेको छ। शारीरिक र मानसिक स्वास्थ्यले दिनेछ।