९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपालमा २० करोडको तरुल विक्रि, त्यो पनि भारतको

नेपालमा २० करोडको तरुल विक्रि, त्यो पनि भारतको
अ अ+ अ-

माघ । तरुलमा पनि नेपाल परनिर्भर छ । माघे संक्रान्ति मान्नसमेत तरुल आयात गर्नुपर्छ । कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्यधिक हुन्छ । यसलाई चाकु र घिउसँगै खाइन्छ । उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ । त्यसमध्ये १० प्रतिशत (करिब दुई करोड रुपैयाँको) सिम्मल (तराई जातको) तरुल भारतको उत्तर प्रदेशबाट आयात भएको छ ।

‘अहिले आयात दर भने विस्तारै घट्दो क्रममा छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले भने, ‘स्वदेशमै ठूलो परिमाणमा उत्पादन हुन थालेकाले आयात दर घटेको छ ।’ महासंघका अनुसार यो वर्षको ६ दिन (पुस २५ गतेदेखि ३० गतेसम्म) मा करिब दुई हजार पाँच सय टन विभिन्न प्रकारका तरुलको कारोबार भएको छ ।

‘गत वर्षभन्दा ४० प्रतिशतले कारोबार बढ्यो,’ अध्यक्ष घिमिरेले भने, ‘अघिल्लो वर्ष सीमित बजारबाट १३ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो । तर यो वर्ष बजार थपिएको छ ।’

उनका अनुसार तरुलको मुख्य कारोबार हुने स्थल कालिमाटी तरकारी बजार हो । यो बजारमार्फत ६ दिनमा साढे १० करोड मूल्यको तरुल बिक्री भएको छ । गत वर्ष कालिमाटी बजारमा सात सय टनका हाराहारीमा तरुल कारोबार भएको थियो।

बाँकी बल्खु बजारबाट पाँच सय ५०, बानेश्वर बजारबाट ८०, जडिबुटी बजारबाट ६०, बालाजु बजारबाट सय र टुकुचा बजारबाट ८० टनको हाराहारीमा तरुलको कारोबार भएको छ । ‘व्यवसायीले बाहिरबाट ल्याएको सबै तरुल सोमबार साँझसम्म बिक्री भएको छ,’ अध्यक्ष घिमिरेले भने,‘मंगलबार बिहान त एकादुई व्यवसायीसँग मात्र तरुल बाँकी हुन्छ ।’

उनका अनुसार पछिल्लो ४–५ वर्षयता तरुलको व्यापार निकै फस्टाएको छ । पहिले खान नरुचाउने उपभोक्ता पनि स्वास्थ्यका लागि लाभदायक मानिने तरुलका परिकारमा पल्केका छन्।

उपत्यकामा हुने तरुलको कूल कारोबारमध्ये झण्डै ८० प्रतिशत सर्लाहीबाट भित्रिन्छ । बाँकी २० प्रतिशतमा भारत र स्वदेशकै अन्य जिल्लाको उत्पादनले हिस्सा ओगटेको छ ।

कालिमाटी तरकारी बजारका तरुलको थोक बिक्रेता भगवान उप्रेतीका अनुसार पुस २५ देखि ३० गतेभित्रमा सबैभन्दा बढी तरुलको कारोबार हुन्छ । थोक बिक्रेताले आयात गरेको कूल तरुलको परिमाणमध्ये करिब ९५ प्रतिशत यही अवधिमा खुद्रा बिक्रेता र उपभोक्ताले खरिद गर्छन् । बाँकी पाँच प्रतिशत तरुलको व्यापार मंगलबार हुन्छ ।

यो वर्ष पनि धादिङ, नुवाकोट, दोलखा, चितवन, काभ्रे, मकवानपुर, सर्लाही, तनहुँ, पाल्पा, स्याङजा, गोरखा, नवलपरासी, ललितपुरलगायतका जिल्लामा उत्पादन भएका १३ प्रकारका तरुल भिœयाइएको छ । बजारमा अत्यधिक महँगो मानिएको वन तरुलसहित घर तरुल, हात्ती पाइले तरुल, रातो पत्ताले तरुल, मुढे तरुल, सिमल तरुल, पानी तरुल, सर्लाही तरुल, तराई तरुल नामका तरुलको कारोबार भइरहेको छ।

‘हामीजस्ता ठूला थोक बिक्रेतासँग तरुलको मौज्दात सकिएको छ,’ उप्रेतीले भने, ‘खुद्रा व्यापारीकहाँ पनि निकै कम तरुल बाँकी छ । मंगलबार साँझसम्म करिब त्यो पनि सकिन्छ ।’ व्यवसायीहरुका अनुसार बजारमा अहिले सर्लाहीको तरुल प्रतिकिलो ४० देखि ४५, धरान र पाल्पाबाट आएको हात्तीपाइले ८० देखि ९०, नवलपरासीबाट आएको रातो लामो तरुल सय देखि एक सय २०, धादिङ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा र ललितपुरबाट आएको घर तरुल ४० देखि ५० तथा धादिङ, सिन्धुपाल्चोक र मकवानपुरबाट आएको वन तरुल एक सय ५० देखि दुई सय रुपैयाँमा बिक्री भएको छ ।

बहुगुणी तरुल

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णका अनुसार तरुल निकै पोषिलो र बहुउपयोगी खाद्य पदार्थ हो । तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, खनिज र भिटामिन पाइन्छ । तरुललाई खानाकै रुपमा खान सकिने कर्णको भनाइ छ ।

‘खानाको रुपमा प्रयोग गरिने चामलभन्दा तरुलमा बढी पोषक तत्व हुन्छ,’ कर्णले भने, ‘यो अत्यन्त उपयोगी छ । तर, सर्वसाधारणमा कम जानकारी भएकाले तरुलको भरपुर उपयोग हुन सकेको छैन ।’

तरुलबाट विभिन्न प्रकारका परिकार बनाएर खान सकिन्छ । उसिनेर नुन र खुर्सानीसँग चोपेर खाजाको रुपमा खान सकिन्छ । यस्तै तरकारी र अचारको रुपमा पनि उपभोग गर्न सकिन्छ । कर्णका अनुसार तरुललाई सुकाएर पाउडर बनाउन सकिन्छ । यस्तो पाउडरको प्रयोग गरी पाउरोटी, केक, रोटी, चाउचाउ र मिठाई बनाएर पनि खान सकिन्छ । समाचार अन्नपूर्ण पोष्टमा छ ।