१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक लाख घुस सहित आमाछोरा पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंका सहायक रजिष्टार गीता कुमारी पन्थीलाई नियन्त्रणमा लिएको छ ।

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको स्कुलको बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिएको टोलीले पन्थीलाई पक्राउ गरेको हो ।

सहायक रजिष्टार पन्थीले सेवाग्राहीसँग रू १,००,००० घुसबापतको रकम लिई छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा दुवै जनालाई काठमाडौं महानगरपालिका वडा नं.१४ स्थित एन.एम.बि. बैङ्कको पार्किङ्गबाट हिजो नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।