१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेल्ने



अ+ अ-

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा बुधबार हुने समूह चरणको अन्तिम खेलमा दुवै टोली जित निकाल्ने उद्देश्यसाथ मैदानमा उत्रदैछन् । अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपालले थाइल्याण्डलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । थाइल्याण्ड भने प्रतियोगितामा सान्त्वना जितको खोजीमा हुनेछ ।

यसअघि दुई खेल खेलेको थाइल्याण्ड दुई खेलमा पराजय भोग्दै अङ्कविहीन छ भने प्रतियोगताबाट समेत बाहिरिसकेको छ ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) यसअघि नै प्रवेश गरिसकेका छन् । नेपाल र थाइल्याण्डबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।

जारी प्रतियोगितामा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हात पार्दै ६ अङ्क जोडेको छ । युएइले चार खेलबाट ६ अङ्क जोडेको छ । अङ्क तालीकामा युएइ शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । यदि थाइल्याण्डलाई पराजित गरेमा नेपाल समूहको विजेता बन्नेछ । शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । आइतबार भएको दोस्रो खेलमा मलेशियालाई छ विकेटले पराजित गरेको थियो । सोमबार भएको तेस्रो खेलमा नेपालले युएइलाई ६ विकेटले हराएको थियो ।

रुविना क्षेत्रीको कप्तानीको नेपाली टोलीमा सीता रानामगर -उपकप्तान_, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।

विभिन्न १० टोलीको सहभगिता रहेको उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स -युएई_ , मलेशिया र थाइल्याण्डको ए टोली छन् । समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यानमार छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।