१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुराँस लाइफले ८ प्रतिशत शेयर लाभांश दिने



अ+ अ-

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई आठ प्रतिशत बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट हालसम्म कायम भएको चुक्ता पूँजी रु ५९ करोड ४० लाख बराबरको आठ प्रतिशतले हुन आउने रु चार करोड ७५ लाख २० हजार बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

कर प्रयोजनाका लागि शून्य दशमलव ४२ प्रतिशतले हुने रु २५ लाख एक हजार ५३ नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव बीमा समिति र आगामी साधारणसभाबाट पारित भए पश्चात् वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

यस्तै नेपाल स्टक एक्सचेञ्जमा आज मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । सो संस्थाको ५० प्रतिशत हकप्रद शेयर वितरणपछि प्रतिकित्ता रु ६४३ मा मूल्य समायोजन गरिएको हो । संस्थाको औसत शेयर मूल्य रु ८९७ रहेको छ ।

स्टकको आम्दानी रु ४९ करोड

यस्तै स्टकले आर्थिक वर्ष २०७४/७५ मा रु ४९ करोड ६७ लाख आम्दानी गरेको छ । अघिल्लो आवमा स्टकले रु ६५ करोड २४ लाख आम्दानी गरेको थियो ।

यस्तै स्टकले आव २०७४/७७ मा रु १० करोड ९९ लाख खर्च गरेको छ । आव २०७३/७४ मा रु ११ करोड ६२ लाख खर्च गरेको थियो । स्टकले आव २०७४/७५ मा रु २६ करोड दुई लाख खुद आम्दानी गरेको छ । यस्तो नाफा अघिल्लो आवमा रु ३७ करोड २० लाख रहेको थियो ।

यस्तै स्टकले आव २०७४/७५ मा शेयरधनीलाई सञ्चित नाफाबाट रु ६६ दशमलव ६७ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको जनाएको छ ।