२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ पछिल्लो ६ वर्षयताकै उच्चविन्दुमा



अ+ अ-

काठमाडौं । सुनको भाउ आज पछिल्लो ६ वर्षयताकै उच्चविन्दुमा पुगेको छ । सोमबार ६० हजार ६ सयमा कारोबार भएकोमा मंगलबार ४ सय रुपैयाँ बढेर सुन प्रतितोला ६१ हजार रुपैयाँ पुगेको हो ।

पुस महिनाभरी ५८ देखि ६० हजारको बीचमा रहेको सुनको भाउ माघ बढेको हो ।

अमेरिकी डलर कमजोर हुँदै जाँदा सुनको मूल्य बढेको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ ।

मंगलबार तेजाबी सुनको मूल्य ४ सय रुपैयाँ बढेर ६० हजार ७ सयमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ ।