• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

बोको हरामद्वारा सैनिक शिवीरमा आक्रमण



कानो, नाइजेरिया । बोको हराम लडाकू समूहले उत्तरपूर्वी नाइजेरियाको दुर्गम इलाकामा रहेको सैनिक शिवीरमा सोमबार आक्रमण गरेका छन् ।

त्यसैगरी नाइजेरियामा जारी द्वन्द्वको कारण घरवारबिहिन भएर शरणार्थी स्थलमा बसेका व्यक्तिको शरण स्थलमा समेत आगजनी गरेका सैनिक स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

बोर्नो राज्यको प्रान्तीय राजधानी मैदुगुरीबाट १७५ किलोमिटर टाढा रहेको राना क्षेत्रमा सो आक्रमण भएको थियो । सोमबार अपराह्नमा भएको यस आक्रमणपछि सर्वसाधारण अन्यत्र सारिएको छ । सैनिक स्रोतका अनुसार मैदुगुरीमा भएको यो आक्रमण स्थानीय समयाअनुसार सोमाबार ५२० मा शुरु भएको थियो ।

नाइजेरियामा जारी द्वन्द्वको कारण रानामा अहिले आन्तरिक रुपमा विस्थापित भएका करिब ३५ हजार व्यक्तिहरुको बसोवास भइरहेको बसाइसराइ सम्बन्धि अन्तर्राष्ट्रिय संगठनले जानकारी दिएको छ ।

त्यसैगरी मैदुगुरीबाट ५० किलोमिटर उत्तरपश्चिममा रहेको मगुमेरीमा रहको एक सैन्य शिवीरमा गत आइतबार यस्तै आक्रमण भएको स्थानीय नेताले जानकारी दिएका छन् ।

नाइजेरियामा इस्लामिक लडाकू समूहले सन् २००९ बाट शुरु गरेको द्वन्द्वको कारण २७ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ लाख व्यक्ति अझै घरवारविहीन रहेका छन् ।