९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

२५ वर्ष देखी गोरु जुधाउने यी त्यही व्यक्ति हुन

२५ वर्ष देखी गोरु जुधाउने यी त्यही व्यक्ति हुन
अ अ+ अ-

काठमाडौं । ठूलो बारीको पाटामा जुरे गोरु सिगौरी खेल्दै भयानक रुपमा एकआपसमा जुधेको हेर्दा सबैलाई मजा आउछ। तर, यी गोरु किसानले कसरी पालेर यसरी जुरे बनाए भनेर कमैले मात्र सोच्ने गर्छन्। आफ्नो गोरुले जितेमा पनि बढीमा तीनदेखि पाँच हजार रुपैयाँ मात्र पुरस्कार प्राप्त गर्ने किसानहरुले माघे संक्रान्तिको लागि जुधाउनकै लागि भनेर पाल्दा ३० हजार भन्दा बढी खर्च गर्छन्।

१४ वर्षको उमेरदेखि निरन्तर गोरु जुधाउदै आएका तारकेश्वर– ३ आपचौरमा ४८ वर्षिय मदन श्रेष्ठका अनुसार जुधाउने गोरु तयार पार्न ३० हजार रुपैयाँ भन्दा बढी खर्च हुन्छ। जोत्नको लागि समेत प्रयोग हुने गोरुलाई वर्षभरी नै नियमित स्याहार त हुन्छ नै। तर, जुधाउने गोरुको लागि भने कात्तिक मंसिर लागेपछि विशेष स्याहार सुरु हुन्छ।

‘मेरो हजुरवाको पालादेखि नै तारुकामा गोरु जुधाइदै आएको हो। मेरा बुबाले पनि जुधाए, मैलै पनि वर्षेनी जुधाउँदै छु। म हरेक वर्ष नयाँ गोरु किनेर जुधाउँछु। एक वर्ष जुधाएको गोरु अर्को वर्ष जुधाउन उचित हुन्न।’

चार वर्ष अघि उनको गोरुले हारेमा गोरु नै दिने बाजी राखेका थिए। गाउँघरमा ‘बुरुस’ छाडेको भनिने यो बाजीमा उनको गोरुले हारेपछि जितुवा गोरुको धनीले गोरु नलगेर पैसा मागेपछि उनले २३ हजार रुपैयाँ बुझाएका थिए।

त्यो वर्ष गोरु दर्ताको ५ सय धरौटी समेत उनले गुमाए। उनी परम्परा धान्नको लागि भन्दै गोरु जुधाउन भने पछि परेका छैनन्। पितापछि दाजु र दाजु बसाई सरेपछि उनले गोरु जुधाउने पारिवारिक परम्परालाई निरन्तरता दिइरहेका छन्।

वर्षेनी नयाँ गोरु खरिद गरेर जुधाउनु उनको लागि महंगो परिरहेको छ। तैपनि उनी आफुलाई ३५ वर्षदेखि लगातार गोरु जुधाउने किसानका रुपमा दर्ज भएका छन्।

गोरुको खुराकी

गोरु जुधाउने संस्कृति जोगाउन उनीलगायता स्थानीय युवा सक्रिय छन्। जुधाउने गोरुको लागि खुराकीको लागि चामल, अण्डा, चना, मास, कोदो खुवाउन पर्ने श्रेष्ठले बताए।
माघे संक्रान्तिमा जुधाएको गोरुलाई उनले मंसिरदेखि दैनिक चार माना चामल, १२ मान ढूटोपिठो, एउटा अण्डा, तोरीको तेल सातामा एक लिटर, मास दैनिक एक पाउ, चना र कोदो पकाएर दैनिक दुई माना खुवाएको बताए। दैनिक टांकीको घांस, विशेष गरी टाँकीको टाटो, बनमा पाइने अर्खु घाँस नियमित खुवाउन पर्छ।

जुधाउने गोरुका थलो समेत अरु वस्तुको भन्दा बढी सफा चाहिन्छ। गोरुको जिउमा गोवरको फोहोर नलागोस् भनेर विहान देखि बेलुकासम्म चनाखो भइरहनु पर्ने गोरु पालक किसानहरु वताउँछन्।

बस्ने स्थान फोहोर भएमा पनि गोरुले ज्यान लिन नसक्ने अर्थात मोटो र बलियो हुन नसक्ने किसानहरुको भनाई छ। अर्का किसान तारकेश्वरका विष्णु श्रेष्ठको जुधाउने गोरु पाल्ने मेनु यही नै हो।

मदन श्रेष्ठको तुलनामा विष्णुले केही कम खुराक खुवाएका छन्। उनले नौनी समेत खुवाउने गरेको बताए। उनले दुई दशकदेखि गोरु जुधाउदै आछन्। धेरै पटक उनको गोरुले जितेको छ, केही पटक भने हारेको पनि छ।

‘बाजेदेखिको परम्परा धानेको हो। जुधाउनको लागि गोरु तयार पार्न २०र२५ हजार रुपैया खर्च हुन्छ। तै पनि परम्परा धानी रहेका छौं आफ्नै खर्चले’ अर्का गोरु पालक किसान इश्वर श्रेष्ठले भने।

‘अचेल समिति बनाएर एकै ठाउमा गोरु जुधाउन थालेको छ। तर, गोरु जुधाउने किसानको खर्चलाई सहयोग गर्न तर्फ ध्यान दिनु पर्छ।’

तारुकाले व्यवस्थित रुपमा गोरु जुधाउन थालेपछि अहिले नुवाकोट अन्यत्र पनि जुधाउन थालिएको छ। तारुका, वेत्रावति, पन्चकन्या तीनै स्थानमा गोरु जुधाउनुका साथै स्थानीय कला संस्कृति, भजन तथा पञ्चेवाजा सहित विभिन्न मनोरञ्जन गरेर माघेसंक्रान्ति मेला मनाइएको हो।

माघेसङ्क्रान्तिमा नदी किनार र घाटमा स्नान गरी चाकु, घिउ, तरुल लगायत मिष्ठान्न भोजन गर्दै गोरु जुधाएर समेत मनोरञ्जन लिइँदै आएको छ। विगतमा तारुका र बेत्रावतीमा दुई स्थानमा मात्र गोरु जुधाउने गरिएकामा चार वर्षदेखि नुवाकोटको पुर्वी भेगमा रहेको पञ्चकन्यामासमेत गोरु जुधाउन थालिएको हो।

तारुका चन्दनीको ऐतिहासिक महत्व बोकेको गोरु जुधाई मेला प्रत्येक वर्षको माघे संक्रान्तिका दिन भव्य रुपमा गरिदै आएको छ। माघे सक्रान्तिको अवसरमा हुने सो प्रतियोगिता १५ वर्षदेखि विशेष पर्वको रुपमा मान्दै आइएको स्थानीय वृद्ध विणारत्न शाक्यले जानकारी दिए।

इतिहास

तारुकामा कहिलेदेखि गोरु जुधाई सुरु भयो भन्ने विषयमा यकिन जानकारी नभएपनि तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिह मावली गाउँ आउँदा उनलाई मनोरन्जन प्रदान गर्न गोरु जुधाइँदै आएको किम्वदन्ती रहँदै आएको छ। त्यसपछि स्थानीयवासीले लामो समय विदेश वसेर आएका स्थानीयवासीहरु माघे संक्रान्तिका अवसरमा घर फर्कने गरेको र भेटघाटका क्रममा गोरु जुधाएर मनोरन्जनका लागि गोरु जुधाउने गरिएको स्थानीय बुढापाकाहरू वताउँछन्।

नुवाकोटको गोरु जुधाउने मेलाले आन्तरिक र वाह्य पर्यटकको साथै राष्ट्रिय अन्तरराष्ट्रिय सञ्चारमाध्यममार्फत समेत चर्चा बटुलेको छ। गोरु जुधाउने मेलाको अवलोकन गर्न कच्ची वाटोमा धुलाम्मे हुदै हजारौं सर्वधारण तारुका पुग्ने गरेका छन्। चन्दनीमा हजारौं नरनारीको अगाडि गोरु जुधाइने गरिन्छ।

सबैले चाख मानेर प्रत्यक्ष रुपमा हेर्ने गर्दछन्। गोरु पालक किसानहरू मेला आयोजकले गोरुका लागि विभिन्न औषधोपचारलगायतका सहयोग गर्नु पर्ने माग गरे।

विगतमा मेलाबारे राजनीतिक खिचनाती समेत हुने गरेको भए पनि यसवर्ष भने सबै राजनीतिक दलको सहमतिमा मिलेर मेला सम्पन्न गरिएको स्थानीयवासीको भनाई छ। मेलालाई व्यवस्थित बनाएर लैजाने सहमति भएसँगै किसानहरुले प्रतियोगिताकै लागि वर्ष भरी पोसिला खाद्यान्न खुवाई वलियो बनाएर पालिएका गोरु जुधाइएको हो।

तारुकाको लोकप्रिय गोरु जुधाउने मेला फरक संस्कृतिको रुपमा देशैभर लोकप्रिय भइरहेको छ। गोरु जुधाई मेला तारुकाको मौलिकता र पहिचान भएको कारण वर्षेनी आयोजित मेला अवलोकन गर्न नुवाकोट, रसुवा, काठमाडौ, धादिङ, गोरखा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लावाट हजारौं दर्शक तारुका पुग्ने गरेको स्थानीय पिमलटार माविका शिक्षक शिवप्रसाद पनेरुले जानकारी दिए।

अनाजदेखि बिमासम्मको माग

गोरु पाल्ने किसानलाई अन्नपात तथा अण्डालगायतका दानासहित दुर्घटना बिमा समेतको व्यवस्था गरिनुपर्ने किसानको माग छ। आवश्यकताअनुसार टाढाबाट आएका अवलोकनकर्ताको लागि ‘होमस्टे’को समेत व्यवस्था गरिएको थियो।

स्पेनमा हुने ‘बुल फाइटिङ’ का लागि विश्वको चासो हुने गरे पनि नेपालको यो प्रतियोगिताप्रति सरकार र अन्य पक्षको ध्यान पुग्न नसकेको अवस्थामा ग्रामीण भेगमा रहेको गोरु जुधाई संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि यस्ता मेलाको संरक्षण र प्रोत्साहन हुनुपर्नेमा जोड दिइएको छ। पहिले तारुका, बुधसिङ, रातमाटे, थानसिङ, गेर्खु, दुइपीपललगायतका स्थानमा पनि गोरु जुधाइने गरिन्थ्यो।

हाल तारुका, गेर्खुको वेत्रावति र पन्चकन्यामा गोरु जुधाइन्छ। अन्यन्त्र यस परम्परा हराइसकेको छ। तारुकावासीले भने व्यवस्थित गरेर परम्परालाई निरन्तरता दिइरहेका छन्। समाचार अन्नपूर्ण पोष्टमा छ ।