१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइराला अस्पताललाई केन्द्र सरकारभन्दा बाहिर राखे संसद र सडकमा संघर्ष गर्ने काँग्रेसको चेतावनी



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय स्वाशप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकारभन्दा बाहिर राख्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । सरकारले उक्त अस्पताललाई सरकारभन्दा बाहिर राखेर दुई तिहाईको शक्ति देखान तिर उन्मुख भएको जनाएको छ ।

सरकारले हालसालै मुलुकभरका ११ वटा स्वास्थ्य संस्था केन्द्र सरकारको मातहतमा रहने गरेर पत्राचार गरेको थियो । सरकारको मन्त्रिपरिषद् बैठकमा हाल ११ वटा रहेको स्वास्थ्य संस्थाबाट ९ वटा मात्रै केन्द्रले जिम्मेवारी लिने निर्णय गरेको थियो ।

बाँकी दुईको सरकारले जिम्मा नलिने भनेपछि काँग्रेसले त्यसमा आपत्ति जनाएको हो । सरकारले राजनितिक व्यक्तिकै नाममा रहेको अस्पताल प्रतिपक्षको हो भन्दै पन्छिन नहुने भन्दै गल्ति सच्याउन आग्रह गरिरहेको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले दुई संस्थालाई मात्रै केन्द्र सरकार मातहत नरहने गरि सरकारले निर्णय गरेकोमा गम्भीर आपत्ति जनाएका हुन् । दुई संस्थाको जिम्मेवारीबाट पन्छिनु पर्नाको कारण स्पष्ट पार्न पनि उनले माग गरेका थिए ।

उनले सरकारी पक्षबाट गरिएको निर्णय पुनर्विचार गर्न माग गर्दै त्यसबारे अर्को बैठकमा जानकारी गराउन माग गरेका छन् । यदि सरकारले उक्त निर्णय नसच्याए संसदभित्र र बाहिर दुबै ठाउँमा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

संस्थासँग रहेको नाम मेटाउँदैमा नेताहरुले मुलुकका लागि पुर्याएको योगदानमा कमी नहुने भन्दै नेता पाण्डेले प्रतिपक्षी दलप्रति राजनीतिक असहिष्णुता देखाउने काम बन्द गर्न सरकारलाई चेतावनी दिए । उनले प्रतिपक्षी दलप्रति यस्तै व्यवहार गर्दै जाने हो भने मुलुक अराजकता र संघर्षको बाटोतर्फ जाने खतरा रहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।