९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

महर नेतृत्वको नेबि संघ काम चलाउ, तदर्थ समिती आउने संभावना कति ?

महर नेतृत्वको नेबि संघ काम चलाउ, तदर्थ समिती आउने संभावना कति ?
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पटक पटक समय थप्दासमेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकारहुन थालेको छ।

पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रोपटक दुई महिनाका लागि म्याद थपिएको भए पनि नेतृत्वको असफल भएको हो । त्यहि कारणले गर्दा अहिले सिंगो नेविसंघ नै ध्वस्त हुने स्थितिमा पुगेको
छ ।

तोकिएको समय सिमा भित्र महाधिवेशनको चुनाव गर्न नसक्दा कार्यकाल बुधबार सकिएको थियो । अब माउ पार्टी नेपाली काँग्रेसले तदर्थ समिति बनाउने सम्भावना बढेको छ । विधानमा एक पटकमात्र तीन महिना म्याद थप्न सकिने व्यवस्था भए अनुसार सो समय दिइए पनि उक्त समयभित्र अधिवेशन गर्न नसकेपछि विधान भन्दा बाहिरबाट राजनीतिक निर्णय भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाले दुई महिना समय थपेका थिए।

थपिएको समयभित्र १४ जिल्लामा मात्र अधिवेशन भएको थियो । अन्य जिल्ला संगसंगै क्याम्पसहरुमा अधिवेशन हुन सकेको छैन । तोकिएको समयभित्र १२औं महाधिवेशन नहुने निश्चित भएपछि केही समय अगाडि केन्द्रीय समितिका उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीसहित ५२ जनाले राजीनामा दिएका छन् । म्याद नथपिने भएकाले बाँकी पदाधिकारी तथा सदस्यहरुको पनि कार्यकाल बुधबारदेखि माघ १० गतेसम्म पार्टीले कामचलाउमा रुपान्तरण भएको छ ।

तदर्थ समिति आउने सम्भावना

दुई पटक थपिएको समयले पनि महाधिवेशन हुन नसकेपछि अब नेविसंघमा तदर्थ समिति आउने सम्भावना बढेको छ । संघको तदर्थ समिति गठन गर्ने वा फेरि समय थप्ने दुईवटा विकल्प मध्ये समय थपेर पनि अहिलेको कार्यसमितिले अधिवेशन गर्ने नदेखिएकाले अधिकांश नेताहरु तदर्थ समितिको पक्षमा रहेको बताइएको छ ।

धेरैले राजीनामा दिएकाले पनि अहिलेको कार्यसमिति विघटन हुने संभावना बढी रहेको नेताहरुको दावी छ ।अहिलेको समिति विघटन भएपछि पार्टीले तदर्थ समिति गठन गर्नु पर्ने भएकाले तदर्थ समितिको नेतृत्वका लागि विद्यार्थी नेताहरुले दौडधुप थालेका छन् ।

नेविसंघमा काँग्रेस गुटको छायाँ परेकाले सभापति देउवा पक्षबाट ऋषिकेशजङ्ग शाह,राजिव ढुङ्गाना, सरोज थापा, शुभराम बस्नेतलगायतले अध्यक्षको दावी गरेका छन्। यी नाम मध्ये पनि नेपाल विद्यार्थी संघलाई बलियो र संगठानिक हिसाबले शक्तिशाली बनाएको कारणले ऋषिकेशजङ्ग शाहलाई देउवा समुहले अध्यक्ष बनाउन चहान्छ।

शाहले नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशनमा पौडेल समुहको पकड भएको बेला पनि देउवा पक्षको उम्मेदवारलाई बिजयी बनाउन गरेको योगदानका कारन पनि शाहलाई देउवा समुहबाट आउने तदर्थ समितिको अध्यक्ष बन्ने पक्का जस्तै भएको छ भने पौडेल पक्षबाट मनोजमणि आचार्य, मोति भण्डारी, दिपक भट्टराई, हिमालदत्त श्रेष्ठलगायतका नेताहरु मुख्य आकांक्षी रहेका छन् ।

त्यसैगरी कृष्णप्रसाद सिटौला पक्षबाट कुन्दनराज काफ्ले, युवराज पाण्डेय, बलदेव तिमिल्सिना लगायतले अध्यक्षको दावी गरेका छन् । नयाँ नेतृत्वले संघको महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने मुख्य दुई जिम्मेबारी पाउनेछ ।