१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा खानेपानीको समस्या



अ+ अ-

बाजुरा । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर – ५ जेराका ७२ घरधुरीका बासिन्दा खानेपानीको समस्याले पिल्सिएका छन् । बस्तीमा पानीको स्रोत नभएको दुईवटामात्र सार्वजनिक धारामा लाम लाग्दा पनि आवश्यक मात्रामा पानी पाउन नसकिएकाले आफूहरूले समस्या भोग्नु परेको स्थानीयवासी सरजन विकले गुनासो गर्नुभयो ।
बहत्तर घरधुरी दलित परिवार रहेको उक्त गाउँमा पानी खानका लागि मुहानबाट दुईवटा धारा ल्याइएकाले ७२ घरधुरीले विहान–बेलुका लाइनमा बसेर पानी थाप्नु परेकोे अर्का स्थानीयवासी देउले विकले बताउनुभयो । वर्षौदेखि यो समस्या आफूहरूले भोग्दै आएको उहाँको भनाइ थियोे ।
शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत आवश्यकता पूरा गर्न जनप्रतिनिधि चुनिएर आएको डेढ वर्ष बितिसक्दा पनि उनीहरू आफैले गरेको प्रतिज्ञा पुरा गर्न बेवास्था गरेकाले यो समस्या आएको स्थानीयवासीको गुनासो छ ।
चुनावमा भोट माग्न आउदा खानेपानीलाई पहिलो प्राथमिकतामा राखेका छौं भनी भोट मागे तर अहिलेसम्म समस्या समाधानका लागि कसैले पनि नबोलेको अर्का स्थानीयवासी सरजन विकले बताउनुभयो । उहाँका अनुसार खानेपानीको जोहो गर्नाका लागि विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म लाइनमै बस्नुपर्ने बाद्यता छ ।