१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालियन सुपर कपमा युभेन्टसको कीर्तिमान, रोनाल्डो बने नायक



अ+ अ-

काठमाडौं । युभेन्टसले एसी मिलानलाई पराजित गर्दै इटालियन सुपर कप फुटबलको उपाधि हात पारेका छ ।

बुधबार राति साउदी अरबमा भएको इटालियन सुपर कपको फाइनलमा एसी मिलानलाई पराजित गर्दै युभेन्टसले आठौं पटक उपाधि जितेको हो । युभेन्टसको जितको लागि १ मात्र निर्णयक गोल उसका स्टार क्रिस्टियानो रोनाल्डोले गरेका थिए ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा गोल सफल भयो । खेलको ६१औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि युभेन्टसले खेल १–० ले जितेको हो ।

जितसँगै युभेन्टसले इटालियन सुपर कपको उपाधि सर्वाधिक आठौं पटक जितेको छ । पराजित टोलि एसी मिलानले भने सात पटक उपाधि जितेको छ ।