१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः श्रमिक कोटाबाट ६ केन्द्रीय सदस्य निर्विरोध



अ+ अ-

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन् ।जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, बाबुराम थापा, मञ्जु कुमारी थापामगर, कमल गौतम, सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुसहित ३०१ जना केन्द्रीय सदस्यहरुको नामावली आइतबार रातिको बन्दसत्रमा प्रस्ताव गरेका थिए । प्रस्तावमा कोही असन्तुष्ट भए निर्वाचनमा जान आग्रह गर्दै सोमबार बिहान मनोनयन दर्ताको समय दिइएको थियो । तर निर्धारित समय अवधिभित्र ट्रेड युनियनको कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध चयन भएका हुन् ।