२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः श्रमिक कोटाबाट ६ केन्द्रीय सदस्य निर्विरोध



अ+ अ-

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन् ।जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, बाबुराम थापा, मञ्जु कुमारी थापामगर, कमल गौतम, सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुसहित ३०१ जना केन्द्रीय सदस्यहरुको नामावली आइतबार रातिको बन्दसत्रमा प्रस्ताव गरेका थिए । प्रस्तावमा कोही असन्तुष्ट भए निर्वाचनमा जान आग्रह गर्दै सोमबार बिहान मनोनयन दर्ताको समय दिइएको थियो । तर निर्धारित समय अवधिभित्र ट्रेड युनियनको कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध चयन भएका हुन् ।