६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.केसीको उपचारका लागि ८ सदस्यीय टोली (नाम सहित)



अ+ अ-

काठमाडौं । अनशनरत डा.गोविन्द केसीको उपचारका लागि ८ सदस्यीय स्वास्थ्य उपचार टोली बनाइएको छ । हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा रहेका डा.केसीको उपचारका लागि डाक्टर सुवास आचार्यको संयोजकत्वमा ८ सदस्यीय टोली निर्माण गरिएको हो ।

उपचार टोलीमा डा.सुर्य देवकोटा, डा.प्रमेससुन्दर श्रेष्ठ डा.पङ्कज पन्त, डा.रविन नेपाली, नर्स गङ्गा थापा र डा.दिब्या सिङ्ग लगायत रहेका छन ।

१६ औँ पटकको अनसन बसेका डा. केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याईएको थियो ।


डा. केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको थियो ।

डा. केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा बसेका थिए ।