१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.केसीको उपचारका लागि ८ सदस्यीय टोली (नाम सहित)



अ+ अ-

काठमाडौं । अनशनरत डा.गोविन्द केसीको उपचारका लागि ८ सदस्यीय स्वास्थ्य उपचार टोली बनाइएको छ । हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा रहेका डा.केसीको उपचारका लागि डाक्टर सुवास आचार्यको संयोजकत्वमा ८ सदस्यीय टोली निर्माण गरिएको हो ।

उपचार टोलीमा डा.सुर्य देवकोटा, डा.प्रमेससुन्दर श्रेष्ठ डा.पङ्कज पन्त, डा.रविन नेपाली, नर्स गङ्गा थापा र डा.दिब्या सिङ्ग लगायत रहेका छन ।

१६ औँ पटकको अनसन बसेका डा. केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याईएको थियो ।


डा. केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको थियो ।

डा. केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा बसेका थिए ।




भर्खरै