१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

यी हुन् सरकारी गाडी फिर्ता गर्दै अटो रिक्सा चढ्ने सांसद

यी हुन् सरकारी गाडी फिर्ता गर्दै अटो रिक्सा चढ्ने सांसद
अ अ+ अ-

बुटवल । प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले आफुले चढ्दै आएको गाडि संसद सचिवालयमा फिर्ता गर्नु भएको छ् ।

प्रदेश पाच प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महंगोमा गाडी खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि उनले बिवादमा रहेको गाडि नढ्ने र निश्पक्ष छानवीन हुनुपर्ने माग गर्दै आफुले चढ्दै आएको गाडी फिर्ता गर्नु भएको हो ।

नेता पोखरेलले आफू चढिरहेको लु १ झ ४४७ नं. को गाडीको चाबी फिर्ता संसद सचिवालयका सचिब दुर्लभकुमार पुन मगरलाइ फिर्ता गर्नु भएको हो ।

सचिवालयमा चावी बुझाउदै सभापति प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पोखरेलले भन्नु भयो । सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरिद गरेका सबै गाडीहरुको कागजात झिकाई छानविन शुरु गरेकोले बिबादित गाडी चढ्नु उपयुक्त छैन ,त्यसैले नैतिकताको आधारमा गाडी फिर्ता गरेको हुं’ उहाँले भन्नु भयो ।

गाडी फिर्ता पछि उहाँ अटो रिक्सा चढेर घर फर्किनु भएको छ ।

प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै १३ वटा (टाटा स्ट्रोम) गाडी खरिद गरेको थियो ।

‘उपसमितिले भेटायो गाडी खरिदमा त्रुुटी’१

खरिद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेल (नेकपा)को संयोजकत्वमा उपसमिति गठन गरेर छानवीन भैरहेको छ ।
सो उपसमितिमा बैजनाथ जयसवाल (कांग्रेस)र कल्पना पाण्डे (राष्ट्रिय जनता पार्टी)सदस्य छन् । उपसमितिको बैठक पनि बसेको थियो । गाडी खरिदमा केहि त्रुटीफेला परेको सदस्य बैजनाथ जयसवालले बताउनु भयो ।

उपसमितिले पर्सि ६ गते प्रतिबेदन लेखा समितिलाइ बुझाउने तयारी गरेको उहाँले बताउनु भयो ।

यस्तै गत पुस २७ गते सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले पनि सचिवालयले उपलब्ध गराइ आफुले चढ्दै आएको लु १ झ ४४१ नं.को गाडी फिर्ता गर्नु भएको हो । नेपाल समाचार पत्रबाट