३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

अस्ट्रेलियामा बलिङ गर्न गाह्रो : सन्दीप लामिछाने

अस्ट्रेलियामा बलिङ गर्न गाह्रो : सन्दीप लामिछाने
अ+ अ-

तिवेला नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिगमा व्यस्त छन् । सन्दीप आबद्ध सिल्हेट सिक्सर्सले ६ खेलमा २ जित मात्र निकालेको छ । शुक्रबार ढाका डाइनामाइट्ससँग ६ विकेटले पराजित भएपछि सिल्हेटको प्ले अफ सम्भावना कमजोर बनेको छ । सन्दीपले ६ खेलमा ४ विकेट हात पार्दै बिपिएलमा आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेका छन् । सन्दीपले उत्कृष्ट डेब्यु गरे पनि बीचमा दुई खेलमा विकेट लिन सकेनन् । जसका कारण एक खेल नखेलेका उनले पछिल्ला दुई खेलमा पुनः आफ्नो ‘ट्रयाक’ पकड्न सफल भए । उनको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट वेभ पोर्टल ‘क्रिजबज’ ले सन्दीपसँग कुराकानी गरेको थियो । उनीसँगको कुराकानीको सारसंक्षेप यस्तो छ :

अस्ट्रेलियामा खेल्न गाह्रो
अस्ट्रेलियामा जानुअघि एसियन र इंग्लिस कन्डिसनमा क्रिकेट खेल्ने अवसर पाएँ । तर, अस्ट्रेलियाको अनुभव बिलकुलै फरक छ । विश्वको चर्चित लिग बिगबासमा खेल्ने मेरो चाहना थियो । यतिवेला मेरो सपना भनौँ वा चाहना त्यो पूरा भयो । एक क्रिकेटरको नाताले धेरै लिग पनि खेलें । अस्ट्रेलियामा चलिरहेको लिग र अन्य मुलुकमा चलिरहेका लिगमा बलिङ गर्नु धेरै फरक छ । अस्ट्रेलियन पिचमा ब्याट्सम्यानले तपार्इंको प्रत्येक बलमा छक्का प्रहार गर्न अग्रसर भइरहेका हुन्छन् । त्यहाँको पिचमा बल मुस्किलले टर्न हुन्छ । तर, एसियन कन्डिसनमा बलिङ गर्नु धेरै सजिलो छ । यहाँका पिचमा सहजै बल टर्निङ हुन्छ । 

बिपिएलसँग पहिले नै सम्झौता
बिगबासमा मेलवर्न स्टार्सबाट प्रतिस्पर्धा गर्नुअघि नै मैले बंगलादेशको बंगलादेश प्रिमियर लिगमा सम्झौता गरिसकेको थिएँ । यो १०–११ महिनाअघिको कुरा थियो । यस सम्बन्धमा मैले बिगबासलाई अगाडि नै जानकारी गराएको थिएँ । यसैकारण म बिगबास छाडी अहिले बिपिएलमा खेलिरहेको हुँ । मैले बिपिएलमा कति दिन खेल्ने भन्ने स्पष्ट पारेको छु । ढाकामा खेल्न पाउनुको पछाडि सिल्हेट सिक्सर्सका कार्यकारी प्रमुख यासिर आबैदले धेरै सहयोग गर्नुभएको छ । उनकै कारण आज म बिपिएलको एक हिस्सा बन्न पाएँ । यतिवेला मेरो दिमागमा केबल बिपिएल मात्र छ । बिगबास अहिले मेरो मनमा छैन ।

क्लार्कको पत्र देख्दा ‘सक’ 
अस्ट्रेलियन विश्व च्याम्पियन कप्तान माइकल क्लार्कसँग मेरो पहिलो भेट हङकङ टी–२० ब्लिजमा भएको थियो । हङकङमै रहेका क्लार्कले नेपालबाट आएका एक फुच्चे केटोको निकै राम्रो छ भन्ने सुनेका रहेछन् । उससँग केही पनि छैन तर निकै रामो खेल्छ भन्ने उनलाई बताइएको थियो । सम्भवतः क्लार्क टी–२० ब्लिजमा मेरो प्रदर्शनबाट प्रभावित भएको हुनुपर्छ । त्यसैकारण उनले मलाई अस्ट्रेलिया खेल्न र प्रशिक्षण गर्न बोलाउनुभयो । एक सामान्य नेपाली केटो जोसँग न त स्पोनसरसिप नै थियो न कि पैसा नै । तर, क्लार्कले अस्ट्रेलिया भ्रमणको सबै जिम्मेवारी लिनुभयो । अस्ट्रेलियामा खेल्नु मेरो सपना पनि थियो । त्यसभन्दा पनि क्लार्कले मलाई अस्ट्रेलियामा आउन पठाएको पत्र देख्दा म स्तब्ध ‘सक’ भएँ । यो सत्य कुरा हो । ‘मलाई माइकल क्लार्कले खेल्न बोलाएको रहेछ ?’ पत्र हेर्दै यो शब्द निस्किएको थियो । 

आइपिएलमा नेपालको नाम
इन्डियन प्रिमियर लिग (आइपिएल) जस्तो प्लेटफर्ममा अवसर पाउनु चानचुने होइन । यहाँ धेरैले खेल्ने सपना देखेका छन् । कमैका मात्र आइपिएल खेल्ने सपना पूरा हुन्छन् । एक नेपाली र क्रिकेटरका नाताले म आफूलाई भाग्यमानी ठान्छु । किनभने, मैले सानो उमेरमा नै आइपिएलमा खेल्ने अवसर पाएँ । आइपिएलअघि मैले कुनै पनि अन्तर्राष्ट्रिय फ्रेन्चाइज बेसमा हुने टी–२० लिग खेलेको थिइनँ । त्यो नै मेरो पहिलो अन्तर्राष्ट्रिय टी–२० लिग थियो । त्यहाँ मैले नेपालको नाम राख्न सफल भएँ । अन्तिम तीन खेलमा मौका पाएँ । त्यो मौकालाई खेर फाल्न दिइनँ । यसपटक दिल्ली क्यापिटलले राम्रो टिम बनाएको छ । पुनः एकपटक दिल्लीसँग सम्झौता गर्न पाउँदा म ज्यादै खुसी छु । आइपिएलको रमाइलो पक्ष भनेको म नियमित रूपमा दिल्लीका प्रशिक्षक रिकी पोन्टिङसँग ‘टच’ मा रहिरहें । फेरि म एक भोकाएको क्रिकेटर हुँ । जो बलर दैनिक केही न केही सिक्न चाहन्थेँ । मैले पूरै सिजनमा प्रशिक्षक पोन्टिङसँग विभिन्न पक्षमा सुझाब लिएँ । 

समयअनुसार खेल ढाँचा
सम्भतः रसिद खानले अहिलेको जेनेरेसनलाई प्रभाव पार्नुभएको छ । यसलाई कसैले पनि नकार्न सकिन्न । वर्तमान समयमा उहाँले स्पिन बलिङमा धेरै प्रभाव पार्नुभएको छ । तर, मेरो व्यक्तिगत धारणा मान्ने हो भने पहिला र अहिले क्रिकेट खेल्ने शैली पनि परिवर्तन भएको देख्छु । सन् २००३ र २०१९ को जेनेरेसनका क्रिकेटर नै फरक छन् । त्यसवेला थोरै ब्याट्सम्यानले मात्र स्विप सर्ट प्रहार गर्न सक्थे । त्यसैकारण त्यो जमानामा एक स्पिन बलरले बललाई चारैतिर बल फ्याक्न सके । अहिले त्यस्तो छैन । वर्तमान समयमा त सबै ब्याट्सम्यान खाली स्विप प्रहार गर्न मात्र खोज्छन् । यसैकारण सन् २०१९ को जेनेरेसनमा चाहे त्यो फास्ट वा स्पिनर नै नहोस्, उसले प्रत्येक बल फ्याँक्दा  धेरै मिहिनेत गर्नुपर्छ । यी पक्ष बाबजुत रसिद खानले लेग स्पिनमा एक किसिमको परिवर्तन नै ल्याउनुभयो ।

बलिङमा भेराइटिज
सुरुका दिनमा मैले मध्यम र ढिलो बलिङ गरेको थिएँ । अहिले मेरो बलिङ शैलीमा परिवर्तन आएको छ । यदि, तपाईंले मैले दुई वर्षअघि र अहिले बलिङ गरेको भिडियो हेर्नुभयो भने त्यसमा परिवर्तन भएको देख्न सक्नुहुन्छ । मेरो बलिङको विशेषता भनेको प्रत्येक बल फरक किसिमले फ्याँक्न सक्छु । आवश्यकताअनुसार म कहिले स्पिड बल गर्छु भने कहिलेकाहीँ स्लो बल  फ्क्याँक्छु । र, बलिङ गर्दा विपक्षी ब्याट्सम्यान कुन रूपमा प्रस्तुत भइरहेका छन्, त्यसअनुसार पनि बलिङ गर्नुपर्छ । ब्याट्सम्यानलाई दबाबमा राख्ने हो भने हामीले सही लाइनमा बलिङ गर्नुपर्छ । एक बलरले सही लाइनमा बल फ्याँक्दा  फाइदा नै हुन्छ । 

ब्याट्सम्यानलाई आउट पार्न लेग स्पिन
सुरुका दिन मैले दाजुभाइ र साथीहरूसँगै क्रिकेट खेलेँ । त्यसवेला मध्यमगति र अफस्पिन बलिङ गरेँ । हाम्रो लक्ष्य नै जसरी पनि ब्याट्सम्यानलाई आउट पार्ने हो । जसो जसो बलिङ गर्न आउँथ्यो, त्यसो त्यसो गरी नै बलिङ गरेँ । तर, ब्याट्सम्यानलाई आउट पार्न निकै मुस्किल पथ्र्यो । यसैकारण मैले ब्याट्सम्यनलाई कसरी छिटो आउट पार्न सकिन्छ भनी सोच्न थालेँ । फलस्वरूप मैले लेग स्पिन सुरु गरेँ । लेग स्पिन बलिङ नीति अपनाए पनि सहजै ब्याट्सम्यान आउट हुन थाले । सानो छँदा घरमा टिभी थिएन । कहिलेकाहीँ रेडियो कमेन्ट्री सुन्थेँ । पछि घरमा टेलिभिजन आयो । अनि मात्र मैले अस्ट्रेलियन महान् बलर सेन वार्नको बलिङ गरेको शैली हेर्न पाएँ । बिस्तारै वार्नले बलिङ गरेको शैली पछ्याउँदै गएँ । 

घरेलु क्रिकेट सुधार्नुपर्छ
यो दुर्भाग्य नै भन्नुपर्छ । मैले अन्तर्राष्ट्रिय लेबलमा क्रिकेट खेल्न थालेदेखि नै नेपालमा क्रिकेट संघ प्रतिबन्धमा छ । आइसिसीले नेपाल क्रिकेट संघलाई किन प्रतिबन्ध ग-यो त्यसवेला मलाई त्यति धेरै जानकारी छैन । जबसम्म घरेलु क्रिकेटको विकास हुन सक्दैन, नेपालको क्रिकेट पनि माथि उठ्न सक्दैन । घरेलु क्रिकेट मजबुत बनाउन संघ नै चाहिन्छ । हामीले आशा गर्नुपर्छ, नेपालमा भइरहेका समस्या अब छिट्टै समाधान हुनेछ । यसबीच नेपालमा विभिन्न टी–२० लिग हुने गरेका छन् । यसैबाट हामीको क्रिकेट धानेको छ । 

(साभारः नयाँपत्रिका दैनिक)