१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

नवनियुक्त राजदूतलाई तालिम दिइने

नवनियुक्त राजदूतलाई तालिम दिइने
अ अ+ अ-

काठमाडौ‌ । विभिन्न मुलुकका लागि नयाँ राजदूत नियुक्ति प्रक्रिया अघि बढेसँगै नवनियुक्त राजदूतहरुलाई तालिम दिइने भएको छ। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठाठनले यही माघ दोस्रो सातादेखि नयाँ राजदूतलाई तालिम दिने तयारी गरेको हो।
पाँचदिने तालिममा परराष्ट्र सेवाका करियर राजदूत र राजनीतिक नियुक्ति दुवै थरि राजदूत सहभागी हुने प्रतिष्ठानले जनाएको छ भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा छ।
आफ्नो कार्यकालमा राजदूतहरुले अपनाउनुपर्ने जिम्मेवारी, कूटनीतिक आचरण, व्यवहार, मर्यादा, नेपालको प्राथमिकताजस्ता पक्षमा केन्द्रित रहेर प्रतिष्ठानले नवनियुक्त राजदूतलाई तालिम प्रदान गर्दै आएको छ।
प्रतिष्ठान परराष्ट्र मन्त्रालय मातहतको अर्धसरकारी निकाय हो। सरकारले इजरायलका लागि डा अञ्जाल शाक्यलाई राजदूत नियुक्त गरिसकेको छ भने भारतका लागि पूर्वराजदूत एवं पूर्वमन्त्री निलाम्बर आचार्यको नियुक्तिको अन्तिम प्रक्रिया अघि बढेको छ।
आचार्यलाई गत बिहीबार भारतले सहमति पत्र (एग्रिमो) पठाएसँगै उनलाई आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्ने परराष्ट्र स्रोतले जनाएको छ।