१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

मनाङमा १० करोडको स्याउ उत्पादन, स्याउलाई सुकुटी र घरेलु मदिरा बनाए

मनाङमा १० करोडको स्याउ उत्पादन, स्याउलाई सुकुटी र घरेलु मदिरा बनाए
अ अ+ अ-

बेसीसहर । हिमाली जिल्ला मनाङमा यो वर्ष १० करोड मूल्य बराबरको स्याउ उत्पादन भएको छ । जिल्लाको ९८ हेक्टर जमिनमा लगाइएका स्याउका बोटबाट नौ सय ९० मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) मनाङका अनुसार जिल्लाका दुई सय सात हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिदै आएको छ । जसमध्ये ९८ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिएको छ । मनाङको प्रमुख नगदेबालीका रूपमा लिइएको स्याउ सदरमुकाम चामेसँगै ताचै, पिसाङ, भारताङ, थान्चोक, दानाक्यु, तिल्चे, हुम्डे, मनाङ लगायतका दर्जनौं स्थानमा ठूलो परिमाणमा स्याउ उत्पादन हुँदै आएको छ ।

अघिल्लो वर्ष मनाङमा ८९ हेक्टर क्षेत्रफलमा नौ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । आव ०७३र७४ मा ८७ हेक्टर क्षेत्रफलमा आठ सय २५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने आव २०७२र७३ मा ७८ हेक्टर क्षेत्रफलमा ६ सय ६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउ दुई सय ९० मेट्रिक टन जिल्लामा नै खपत हुन्छ भने बाँकी सात सय मेट्रिक टन जिल्ला बाहिर निर्यात हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) मनाङका प्रमुख राजेश्वर सिलवालले बताए । उनका अनुसार मनाङका बासिन्दाले आफ्ना बारीमा उत्पादित स्याउलाई सुकुटी र घरेलु मदिरा बनाएर समेत बिक्री गर्ने गरेका छन् । अन्नपुर्ण पोष्टमा खबर छ ।

मनाङका गाउँगाउँसम्म सडक पुगेपछि उत्पादित स्याउ निर्यातमा सजिलो भएको छ । यसअघि सडक नजोडिँदा उत्पादित स्याउ बजार पुर्‍याउन कठिन हुने र खेतमै कुहिने हुन्थ्यो । यहाँ गोल्डेन डेलिसियस, गाला, फुजी र रेड तथा रोयल डेलिसियस जातका स्याउ खेती हुने गरेको छ । मनाङमा उत्पादित स्याउ सामान्यतया प्रतिकिलो एक सय देखि एक सय ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसानले बताएका छन् । इकाइले यस वर्ष थप स्याउ खेती बिस्तार गर्ने कार्यक्रम बनाएको छ । वर्णशंकर प्रजातिको स्याउ बढाउन यो वर्ष २५ हजार बिरुवा अनुदानमा वितरण गर्न लागिएको जोनले जानकारी दिएको छ ।