१९ माघ २०८१, शनिबार
,
Latest
हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ- मन्त्री झाँक्री



अ+ अ-

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कोष ९यूएनडिपी० र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा उहाँले आफू विद्यार्थी राजनाीति गर्दादेखि नै सीप र ज्ञान हस्तान्तरणको पक्षमा वकालत गर्दै आएको बताउनुभयो ।

उहाँले सबै क्षेत्रका नागरिकका लागि सरकारले सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले कार्यक्रमका रुपमा सुरक्षित आवास निर्माणलाई अघि बढाइरहेको जानकारी पनि दिनुभयो । मन्त्री झाँक्रीले विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका निजी आवासको निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । अनुसन्धानको नतिजालाई जीवनसँग जोड्ने कुरा महत्वपूर्ण भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई अध्ययन, अनुसन्धानमा नै सहयोग गर्ने मन्त्रालयको सोच छ ।”

कार्यक्रममा इञ्जिनीयरिङ र इञ्जिनीयरिङबिना निर्माण गरिएका दुई घर प्रदर्शनीमा राखिएका छन् । यी घरमा भूकम्पको धक्का दिएर कतिसम्म थेग्न सक्छ भनी हेर्न सकिन्छ । नेपालमा ग्रामीण क्षेत्रमा रहेका अधिकांश घर स्थानीय निर्माण सामग्री ढुङ्गा, माटोले बनाइएका हुन्छन् । स्थानीय निर्माण सामग्रीको प्रयोग गरेर पनि इञ्जिनीयरिङ गरिएका घरहरु अरु सामान्य घरभन्दा कति बलियो हुन्छन् भन्ने देखाउन लागिएको आयोजकको भनाइ छ । 

अरु सबै किसिमका घरहरुले कतिसम्मको भूकम्पको सामना गर्न सक्ने छन् भनी परीक्षण गर्न सकिने बताइएको छ । भारतका प्राध्यापकहरुले यसको निर्माण गरेर त्यहीँ परीक्षण पनि गरिएको थियो ।