२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कप भोलिदेखि



अ+ अ-

काठमाडौँ । द एक्सेल्सियर स्कुलको आयोजनामा सातौं एक्सेल्सियर कप बुधबारदेखि सुरु हुदैछ । एक्सेल्सियर कपमा फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका भाइस प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

फुटसलमा यु–१२ र यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । फाइभ ए साइडको स्वरुपमा हुने दुवै उमेरसमूहको फुटसलमा समान १६–१६ टिमको सहभागिता रहने छ । यु–१२ मा राजश्री गुरुकुल र यु–१६ मा माउन्ट ग्लोरी डिफेन्डिङ च्याम्पियन हुन् ।

बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा १३ र गल्र्समा १२ टिमको सहभागिता निश्चित भएको आयोजकले जानकारी गरायो । सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा सेब र गल्र्समा स्किब्स साविक विजेता हुन् । फुटसल र बास्केटबल दुवै लिग कम नकआउट आधारमा खेलाइने छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८ रुपैयाँ खर्च हुनेछ । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा हुनेछ ।